कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

दैलेख– २ को (क) र (ख) बाम गठबन्धनले जित्यो

ज्योती कटुवाल

दैलेख — दैलेख निर्वाचन क्षेत्र नं २ (क) को प्रदेशसभा सदस्यमा सुशिल कुमार थापा र यसै क्षेत्र (ख) कf उम्मेदवार राजबहादुर शाही विजयी भएका छन्  ।

दैलेख– २ को (क) र (ख) बाम गठबन्धनले जित्यो

बाम गठबन्धन एमालेका उम्मेदवार सुशिल कुमार थापाले निकटतम प्रतिद्वन्दी कांग्रेस महादिवेशन प्रतिनिधि मधुविक्रम खनाललाई ३ हजार २४ मतान्तरमा पराजित गरेका छन् ।

थापाको ११ हजार ८ सय १९ मत आएको छभने मधुविक्रम खनाले ८ हजार ७ सय ९५ मत ल्याएका छन् । २२ हजार ५ सय ४८ मत खसेकोमा १ हजार १ सय ६१ मत बदर भएको छ ।
यसै गरी निर्वाचन क्षेत्र नं २ (ख) मा बामगठबन्धन एमालेका उम्मेदवार राजबहादुर शाहीले निकटतम प्रतिद्वन्दी कांग्रेसका दिक्पाल शाहीलाई २९ सय ८९ मतान्तरमा पराजित गरेका छन्।

एमालेका उम्मेदवार राजबहादुर शाहीले ११ हजार ४ सय ४५ मत ल्याएका छन् भने कांग्रेसका उम्मदवार दिक्पाल शाहीले ८ हजार ४सय ६६ मत ल्याएका छन् ।

दैलेख निर्वाचन क्षेत्र नं २ ‘क र ख’ बाकगठबन्धनका विजयी उम्मेदवारहरु । तस्बिर : ज्योती कटुवाल/कान्तिपुर ।

प्रकाशित : मंसिर २३, २०७४ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?