१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८
समाचार

News

मैले हारे पनि गठबन्धनले जितेकामा उत्साहित छुः एमाले उपाध्यक्ष गौतम

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आफू हारे पनि गठबन्धनले जितेकामा खुशी व्यक्त गर्दै काँधमा काँध मिलाएर अघि बढ्ने बताएका छन् ।

मैले हारे पनि गठबन्धनले जितेकामा उत्साहित छुः एमाले उपाध्यक्ष गौतम

कोइरालाको क्षेत्रमा फोरमको झन्डा

कांग्रेसको ऐतिहासिक क्षेत्र मानिने बाँकेको प्रतिनिधिसभा क्षेत्र २ मा संघीय समाजवादी फोरम नेपालका इस्तियाक राई विजयी भएका छन् । उनले वाम र लोकतान्त्रिक दुवै गठबन्धनका उम्मेदवारलाई पछि पारे ।

वाम गठबन्धनका दुई ‘सूत्राधार’ को पराजय

एमाले र माओवादी केन्द्रबीच तिक्त सम्बन्ध रहेका बेला पनि ‘दुई पार्टीबीच एकता हुनुपर्छ’ भन्ने प्रमुख व्यक्ति थिए, वामदेव गौतम । जुन बेला पार्टी एकता त परै, सरकार बनाउनसमेत माओवादीसँग मिल्नु हुँदैन भन्ने मत एमालेमा प्रभावी थियो त्यो बेला गौतम एकताका कुरा गर्थे ।

वाम गठबन्धनका दुई ‘सूत्राधार’ को पराजय

विजय जुलुसमा झडप, प्रहरीद्वारा हवाई फायर

विजयी उम्मेदवारहरुले निकालेको विजय जुलुसको क्रममा रौतहटको २ वटा छुट्टाछुट्टै स्थानमा मधेसी गठबन्धन र कांग्रेसका कार्यकर्ताबीच आइतबार मध्यान्ह झडप भएको छ ।

सात बजेसम्मको मत परिणाममा एमाले ५० प्रतिशतभन्दा बढी स्थानमा विजयी

आइतवार बेलुका ७ बजेसम्मको मत गणना अनुसार एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फ एमालेले ५० प्रतिशत भन्दा बढी स्थानमा जित हात पारेको छ ।

सात बजेसम्मको मत परिणाममा एमाले ५० प्रतिशतभन्दा बढी स्थानमा विजयी

नेपाल मेडिकल हब बन्न सक्छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल चिकित्सा क्षेत्रका लागि मेडिकल हब बन्न सक्ने बताएका छन् । सडक विस्तार, मेलम्ची आयोजनाको पाइप बिछ्याउने आदिले काठमाडौंमा धूलो, धूवाँ भए पनि यसलाई नियन्त्रण गर्न समय नलाग्ने बताउँदै उनले भने, ‘यसपछि मुलुकको वातावरण अत्यन्त सुन्दर हुन्छ, यहाँ बिहान हिमाल हेर्दै उपचार गर्न पाउनु जोसुकैले रुचाउँछन् ।’

नेपाल मेडिकल हब बन्न सक्छ : ओली

स्याङ्जामा दलहरुबीच विवाद चुलियो, मतगणना अन्योलमा

शनिबार राति बसेको सर्वपक्षीय बैठकमा उपस्थिति विभिन्न राजनितिक दलहरुबीच सहमति जुटेपछि सानो समूहमा आइतबार बिहान ८ बजे पुन: सर्वपक्षीय बैठक बस्ने र ११ बजेदेखि मतगणना सुरु गर्ने निस्कर्षका साथ बैठकबाट उठेका दलहरु अझै पनि निस्कर्षमा पुग्न सकेका छैनन् ।

स्याङ्जामा दलहरुबीच विवाद चुलियो, मतगणना अन्योलमा

डोटीको प्रदेश सभा 'क' भरतबहादुर खड्का विजयी

डोटीको प्रदेश सभा क मा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी भएका छन् । उनी एमालेका जिल्ला अध्यक्ष चक्र मल्ललाई ६१४ मतले पछि पार्दै विजयी भएका हुन् । खड्काले १७ हजार ३ सय ७९ मत पाएका थिए भने मल्लले १६ हजार ७ सय ९२ मत पाएका थिए ।

२८ हजार मतान्तरले एमाले अध्यक्ष ओली विजयी

एमाले अध्यक्ष केपी शर्मा ओली २८ हजार ८ सय ४२ मतान्तरमा झापा– ५ बाट निर्वाचित भएका छन् ।ओलीले ५७ हजार १ सय ३९ मत पाए भने कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याए ।

२८ हजार मतान्तरले एमाले अध्यक्ष ओली विजयी

कांग्रेसले जितेका क्षेत्रमा पनि प्रदेशमा एमाले

काठमाडौंको १० वटा क्षेत्रमा प्रतिनिधि सभामा ६ वटा एमालेको जीत हात पारेको छ । ४ वटा क्षेत्र मात्रै कांग्रेसले हात पारेको छ ।कांग्रेसको १० जीतमा काठमाडौंको मात्रै ४ रहेको छ ।

कृष्ण सिटौलालाई १३ हजार मतान्तरले हराउँदै लिङ्देन विजयी

झापा क्षेत्र नम्बर ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । १३ हजार मतान्तरले हराउँदै लिङ्देन निर्वाचित भएका हुन् ।

कृष्ण सिटौलालाई १३ हजार मतान्तरले हराउँदै लिङ्देन विजयी

बाँके ३ मा एमालेका रोकाय विजयी

बाँके प्रतिनिधिसभा क्षेत्र ३ मा वाम गठबन्धनका नन्दलाल रोकाय विजयी भएका छन् । उनले ३१५९३ मत ल्याएर कांग्रेसका पूर्वसांसद बादशाह कुर्मीलाई २६६१७ ले पराजित गरेका हुन् ।

बाँके ३ मा एमालेका रोकाय विजयी

तनहुँ २ मा बाम गठबन्धन विजयी, प्रदीप पौडेल ५ मतले पराजित

तनहुँ क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यमा बामगठबन्धनका एमालेका जिल्ला अध्यक्ष केदार सिग्देल ३२ हजार ९ सय २४ मत ल्याएर विजयी भएका छन् ।

तनहुँ २ मा बाम गठबन्धन विजयी, प्रदीप पौडेल ५ मतले पराजित

समानुपातिकमा पनि एमाले अगाडि

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिक तर्फपनि एमाले अगाडि देखिएको छ । मतगणनामा ७ र २ बाहेकका प्रदेशहरुमा प्रदेशसभामा पनि एमाले नै अगाडि देखिएको छ । ५ नम्बर प्रदेशको भने मत परिणामा आएको छैन ।

समानुपातिकमा पनि एमाले अगाडि

सोल्टी होटलको क्यासिनोबाट चार विदेशी र १९ नेपाली पक्राउ

काठमाडौं सोल्टी होटलको क्यासिनो माजोङबाट चार विदेशी र १९ जना नेपाली पक्राउ परेका छन् । शनिबार राति काठमाडौं प्रहरी परिसरले छापा मारी करिब साढे चार लाख नगदसहित उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

सोल्टी होटलको क्यासिनोबाट चार विदेशी र १९ नेपाली पक्राउ

प्रधानमन्त्री पत्नी आरजुलाई हराउँदै एमालेका नारदमुनी राना विजयी

कैलाली क्षेत्र नं ५ बाट उम्मेदवार रहेकी प्रधानमन्त्री पत्नी आरजु राणा भारी मत अन्तरले वामगठवन्धनका एमाले नेता नारदमुनी रानासँग पराजित भएकि छिन ।वामगठवन्धनका रानाले २७ हजार २ सय २ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत प्राप्त गरेकी छन् ।

प्रधानमन्त्री पत्नी आरजुलाई हराउँदै एमालेका नारदमुनी राना विजयी

गाली पनि भोट पनि तिनैलाई

सामान्यत आम मानिसको आक्रोश दल र तिनका पनि ठूला नेतासंगै देखिन्छन् । सामाजिक सञ्जालमा देखा पर्ने आक्रोश मात्र होइन, जो कोहीसंग सोध्ने हो भने पनि ठूला नेताका बारेमा राम्रो प्रतिक्रिया हम्मेसी आउँदैन । तर, तिनै शीर्ष नेताहरु चुनावमा जित्छन्, त्यो पनि भारी मतान्तरमा ।

गाली पनि भोट पनि तिनैलाई

अप्ठ्यारोमा बामदेव, मतान्तरण घटाउँदै

बर्दिया प्रतिनिधिसभा क्षेत्र १ बाट उम्मेदवारी दिएका वाम गठबन्धनका सुत्रधार एमाले उपाध्यक्ष वामदेव गौतम मत परिणाममा अप्ठ्यारोमा परेका छन् । तर पछिल्लो मतगणनाका क्रममा उनले मतान्तर घटाउँदै लगेका छन् ।

अप्ठ्यारोमा बामदेव, मतान्तरण घटाउँदै

सुर्खेतमा १ मा पूर्व गृहमन्त्री खड्कालाई पराजित गर्ने धुव्रकुमार शाही को हुन् ?

कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्कालाई पराजित गर्दै सुर्खेत १ बाट वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार ध्रुवकुमार शाही विजयी भएका छन् ।

सुर्खेतमा १ मा पूर्व गृहमन्त्री खड्कालाई पराजित गर्ने धुव्रकुमार शाही को हुन् ?

झापा १ बाट राम कार्की निर्वाचित, विश्वप्रकाश शर्मा पराजित

झापा क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका नेता राम कार्की निर्वाचित भएका छन् । कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मालाई २८६३ मतले पराजित गर्दै कार्की निर्वाचित भएका छन् । कार्कीले ३६ हजार १ सय ७३ मत पाए भने शर्माले ३३ हजार ३ सय १० मत ल्याए ।

झापा १ बाट राम कार्की निर्वाचित, विश्वप्रकाश शर्मा पराजित

एमाले महासचिव पोखरेल विजयी

एमाले महासचिव ईश्वर पोखरेल काठमाडौं– ५ बाट निर्वाचित भएका छन् । कांग्रेसका प्रकाशशरण महतलाई ९ हजार ८ सय ६० मतले हराउँदै पोखरेल निर्वाचित भएका हुन् ।

एमाले महासचिव पोखरेल विजयी

केशव स्थापित प्रदेशसभामा निर्वाचित

काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित प्रदेशसभामा निर्वाचित भएका छन् । काठमाडौं– ६ को प्रदेशसभा ‘क’मा ८ हजार २२ मतसहित स्थापित निर्वाचित भएका हुन् । कांग्रेसका न्हुछेनारायण मानन्धरले ५ हजार १ सय ४९ मत पाए ।

केशव स्थापित प्रदेशसभामा निर्वाचित

राष्ट्रसंघको बधाई, पर्यवेक्षकद्वारा प्रशंसा

प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन शान्त र सफलतापूर्वक सम्पन्न भएकोमा संयुक्त राष्ट्रसंघले नेपाली जनतालाई बधाई दिएको छ । दोस्रो चरणको निर्वाचन सम्पन्न भएको पर्सिपल्ट महासचिव एन्टोनीओ गुटेरसले शनिबार वक्तव्य जारी गर्दै सम्पन्न निर्वाचनप्रति खुसी व्यक्त गरेका हुन् ।

नयाँ ‘घेराबन्दी’ मा देउवा

संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोलाई सही दिशामा डोर्‍याउँदै संक्रमणकाल अन्त्य गर्ने जिम्मेवारीमा सफल देउवा पार्टीलाई जीवन्तता दिने नयाँ चुनौतीसामु छन् ।

नयाँ ‘घेराबन्दी’ मा देउवा