कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सुर्खेतमा १ मा पूर्व गृहमन्त्री खड्कालाई पराजित गर्ने धुव्रकुमार शाही को हुन् ?

प्रकाश अधिकारी

सुर्खेत — कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्कालाई पराजित गर्दै सुर्खेत १ बाट वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार ध्रुवकुमार शाही विजयी भएका छन् ।

सुर्खेतमा १ मा पूर्व गृहमन्त्री खड्कालाई पराजित गर्ने धुव्रकुमार शाही को हुन् ?

खड्कालाई ३ हजार ३ सय ८२ अन्तरले पछि पार्दै शाहीले ३६ हजार ७ सय ५९ मत ल्याएर विजयी भएका हुन् । खड्काले ३३ हजार ३ सय ७७ मत प्राप्त गरेका थिए । कूल खसेको ७२ हजार ८ सय ८३ मध्ये १५९४ मत बदर भएको थियो । पूर्वी सुर्खेतमा पर्ने यस क्षेत्रमा वीरेन्द्रनगर नगरपालिकाका दुई वडा, भेरीगंगा, लेकवेशी, गुर्भाकोट नगरपालिका तथा सिम्ता र चिंगाड गाउपालिका पर्दछन् ।

खड्का पार्टीका पूर्व सहमहामन्त्री समेत हुन् भने विजयी उम्मेदवार शाही एमाले जिल्ला अध्यक्ष हुन् । ०४५ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्यबाट कम्युनिष्ट राजनीतिको यात्रा सुरु गरेका उनी ०५४ सालको स्थानीय निर्वाचनमा सहारे गाविस अध्यक्षमा निर्वाचित भएका थिए । एमाले जिल्ला कमिटी सदस्य, उपसचिव हुदै जिल्ला अध्यक्षका रुपमा पार्टी संगठनमा क्रियाशिल छन् ।

०४८ सालदेखि लगातार सांसद बन्दै आएका खड्कालाई हराउन एमाले–माओवादी केन्द्रको संयुक्त वाम गठबन्धन आक्रामक शैलीले चुनावी अभियान सञ्चालन गरेको थियो । विजयी उम्मेदवार शाहीले पूर्वी सुर्खेतमा विकासको हल्लामात्रै फैलाइएको भन्दै जनताले अनुभूती गर्ने गरी आफूले काम गर्ने बताए । ‘अझैं पनि केही गाविस सडकको पहुँचमा छैनन् । विद्युत छैन् । सञ्चारको नेटवर्क छैन्’ उनले भने, ‘अब मैंले जनताका आवश्यकताका आधारमा विकास कार्यक्रमलाई अघि बढाउन पहल गर्नेछु ।’

प्रकाशित : मंसिर २४, २०७४ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?