२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

समानुपातिकमा पनि एमाले अगाडि

१, ३, ४, ६ प्रदेशमा एमाले, २ मा राजपा र ७ मा कांग्रेस अगाडि

काठमाडौं — प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिक तर्फपनि एमाले अगाडि देखिएको छ । मतगणनामा ७ र २ बाहेकका प्रदेशहरुमा प्रदेशसभामा पनि एमाले नै अगाडि देखिएको छ । ५ नम्बर प्रदेशको भने मत परिणामा आएको छैन ।

समानुपातिकमा पनि एमाले अगाडि

निर्वाचन आयोगले दिउँसो २ बजेसम्म सार्वजनिक गरेको नतिजा अनुसार कुल २८८४२३ मत गणना हुँदा एमालेले ११६५२१, कांग्रेसले १०७५०७ र माओवादी केन्द्रले ४३३१५ मत पाएका छन् । चौथोंमा नयाँ शक्ति नेपाल र पाँचौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी देखिएको छ ।

त्यसैगरी प्रदेशसभा तर्फ १ नम्बर प्रदेशमा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो र संघीय समाजवादी चौथोंमा देखिएका छन् । प्रदेश २ मा राष्ट्रिय जनता पार्टी पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो देखिएका छन् । प्रदेश ३ मा एमाले पहिलो, नयाँ शक्ति दोस्रो, कांग्रेस तेस्रो देखिएका छन् । त्यस्तै ४ मा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो छन् । ६ मा एमाले पहिलो, माओवादी दोस्रो र कांग्रेस तेस्रो भएका छन् । ७ मा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा छन् ।

प्रकाशित : मंसिर २४, २०७४ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?