२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

तनहुँ २ मा बाम गठबन्धन विजयी, प्रदीप पौडेल ५ मतले पराजित

काठमाडौं — तनहुँ क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ ।

प्रतिनिधिसभा सदस्यमा बामगठबन्धनका एमालेका जिल्ला अध्यक्ष केदार सिग्देल ३२ हजार ९ सय २४ मत ल्याएर विजयी भएका छन् ।

तनहुँ २ मा बाम गठबन्धन विजयी, प्रदीप पौडेल ५ मतले पराजित

तनहुँ क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ ।

प्रतिनिधिसभा सदस्यमा बामगठबन्धनका एमालेका जिल्ला अध्यक्ष केदार सिग्देल ३२ हजार ९ सय २४ मत ल्याएर विजयी भएका छन् । उनको निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शंकर भण्डारीले २९ हजार ६ सय ४५ मत ल्याए ।

'क' प्रदेशमा बामगठनबन्धनका माओवादी केन्द्रकी नेतृ आशा कोइरालाले १६ हजार ६ सय ४६ मत र कांग्रेसका युवा नेता प्रदिप पौडेलले १६ हजार ६ सय ४१ मत प्राप्त गरेका छन् । मुचुल्काभन्दा ४२ मत बढी भेटिएपछि पौडेलले पुन: मतदानको माग गर्दै मुख्य निर्वाचन अधिृकतको कार्यालयमा निवेदन दिएका छन् ।

प्रदेश 'ख' एमालेका नेता किरण गुरुङले १५ हजार ६ सय ३० मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका ध्रुव वाग्लेले १४ हजार २ सय १४ मत प्राप्त गरे ।

प्रकाशित : मंसिर २४, २०७४ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?