३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

२८ हजार मतान्तरले एमाले अध्यक्ष ओली विजयी

पर्वत पोर्तेल

काकडभिट्टा — एमाले अध्यक्ष केपी शर्मा ओली २८ हजार ८ सय ४२ मतान्तरमा झापा– ५ बाट निर्वाचित भएका छन् ।

ओलीले ५७ हजार १ सय ३९ मत पाए भने कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याए ।

२८ हजार मतान्तरले एमाले अध्यक्ष ओली विजयी

एमाले अध्यक्ष केपी शर्मा ओली २८ हजार ८ सय ४२ मतान्तरमा झापा– ५ बाट निर्वाचित भएका छन् ।

ओलीले ५७ हजार १ सय ३९ मत पाए भने कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याए ।

ओली २०६४ बाहेकका सबै चुनावमा झापाबाट निर्वाचित भएका हुन् ।

झापा ५ का ९६ हजार १९ मतदातामध्ये ९१ हजार ३ सय ४५ मत खसेको थियो ।

यसैबीच अध्यक्ष ओली विजय जुलुसमा सहभागी हुन सोमबार झापा आउने भएका छन् । उनी दुई दिन आफ्नो क्षेत्रको विजय सभाका कार्यक्रममा सहभागी हुनेछन् ।

प्रकाशित : मंसिर २४, २०७४ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?