१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

डोटीको प्रदेश सभा 'क' भरतबहादुर खड्का विजयी

मोहन शाही

डोटी — डोटीको प्रदेश सभा क मा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी भएका छन् । उनी एमालेका जिल्ला अध्यक्ष चक्र मल्ललाई ६१४ मतले पछि पार्दै विजयी भएका हुन् । खड्काले १७ हजार ३ सय ७९ मत पाएका थिए भने मल्लले १६ हजार ७ सय ९२ मत पाएका थिए ।

०३९ सालदेखि विभिन्न पदमा रही स्थानीय तहको अनुभव बटुलेका ६० वर्षीय खड्का नेपाली कांग्रेसबाट समानुपातिक कोटामा सांसद भएका थिए । पूर्वीचौकी गाउँपालिकाका खिरसैनका स्थानीय खड्कासँग गाविस अध्यक्षदेखिको अनुभव छ ।

खड्का ०३९ सालमा खिरसैन तत्कालीन गाविसको अध्यक्ष, ०४४ सालमा जिल्ला विकास समितिको सभापति, ०४९ सालमा जिल्ला विकास समितिमा उपसभापति भएका थिए । जिल्लामा पार्टी सभापतिका लागि लडेको निर्वाचन बाहेक अहिलेसम्म हारेका छैनन् । उनले नेपाली कांग्रेस हारेपनि राष्ट्रिले जितेको टिप्पणी गरेका छन् ।

‘जिल्लामा बनेका सडक, विद्यालय, स्वास्थ्य संस्था, खानेपानी मेरै पालामा बनेका हुन्,' खड्काले भने,‘चार दशक लामो स्थानीय तहको अनुभव भएकाले जिल्लामा कहाँ र कसरी समृद्धि गर्न सक्ने खाका रहेका कार्यान्वयनका लाग्छु ।’ उनले प्रतिपक्षमा बसेर भूमिका खेल्ने बताए । निर्वाचित गराउने मतदातालाई धन्यवाद दिएका छन् ।

३७ वर्षीय चक्र मल्ल डोटी बहुमुखी क्याम्पसको प्राध्यापकको जागिर छोडेर राजनितीमा आएका हुन् ।

प्रकाशित : मंसिर २४, २०७४ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?