कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याङ्जामा दलहरुबीच विवाद चुलियो, मतगणना अन्योलमा

प्रतिक्षा काफ्ले

स्याङ्जा — शनिबार राति बसेको सर्वपक्षीय बैठकमा उपस्थिति विभिन्न राजनितिक दलहरुबीच सहमति जुटेपछि सानो समूहमा आइतबार बिहान ८ बजे पुन: सर्वपक्षीय बैठक बस्ने र ११ बजेदेखि मतगणना सुरु गर्ने निस्कर्षका साथ बैठकबाट उठेका दलहरु अझै पनि निस्कर्षमा पुग्न सकेका छैनन् ।

स्याङ्जामा दलहरुबीच विवाद चुलियो, मतगणना अन्योलमा

बिहान ८ बजे सर्वपक्षीय बैठक सुरु हुन सकेन । मुख्य निर्वाचन अधिकृतसँग दुई निर्वाचन र चार प्रदेश सभाका उम्मेदवारहरुबीच दिउँसो १ बजेतिर पहिलो चरणमा वार्ता गरियो । त्यसपछि सर्वपक्षीय बैठक सुरु भयो । बैठकमा कुनै निस्कर्ष निस्किन सकेन । 'एकछिन पछि पुन: बस्ने र अहिलेलाई विश्राम' भनेर बैठकबाट उठेका दलहरु पुन: बैठकमा सहभागी भएका छैनन् ।

जिल्ला अदालतमा बसेको सर्वपक्षीय बैठकले कुनै निस्कर्ष निकाल्न नसकेपछि स्याङ्जाको मतगणना कहिले हुन्छ भन्ने कुरामा अन्योल भएको छ । मतगणनाको पर्खाइमा सदरमुकाम झरेका जिल्लावासी तथा दलका कार्यकर्ता यताउता गरेर समय मात्र बिताएका छन । 'आशैआशमा आजको दिन पनि मतगणना नहुने भयो' भन्दै कतिपय कार्यकर्ताहरु गाउँ फर्किएका छन् । 

मतगणनाबारे नै मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्योलमा छ । निर्वाचन आयोगबाट शनिबारदेखि नै मतगण्ना सुरु गर्ने निर्देशन आएको भएतापनि यहाँका राजनीतिक दलहरुलाई समेटेर लैजानुपर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयले पर्खिरहेको थियो । तर, बेलुकासम्म दलहरुको सहमति नजुटे पनि मत गणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत रमेशकान्त अधिकारीले बताए ।

वाम गठबन्धनले क्षेत्र नम्बर दुईमा भएको बुथ कव्जाको विषयलाई लिएर विवाद गर्दा सोही क्षेत्रका केही बुथहरु एमालेबाट पनि कव्जा गरिएको कांग्रेसको आरोप छ भने दुवै पक्षबाट आफ्ना उम्मेदवारहरुमाथि हातपात भएको आरोप पनि छ ।

प्रकाशित : मंसिर २४, २०७४ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?