कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यानमारका सेना प्रमुख नेपालमा

काठमाडौं — म्यानमारका प्रधाानसेनापति मिन अङ हलइङ चारदिने औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । नेपाली समकक्षी राजेन्द्र क्षत्रीको निमन्त्रणमा आएका उनलाई सेनाले सलामीसहित उच्च सम्मान दिएको छ ।

म्यानमारका सेना प्रमुख नेपालमा


सैनिक शासन अन्त्य भई प्रजातान्त्रिक अभ्यासमा अग्रसर म्यानमार अहिले उत्तरी राखिन राज्यमा रहेका रोहिंगा जातिका नागरिक मुलुक छाडेर हिँड्न बाध्य पारिएका कारण विश्वभर आलोचित छ । रोहिंगा शरणार्थीको ठूलो असर दक्षिण एसियाली मुलुक बंगलादेशमा परेको छ । उनीहरू नेपालमा समेत आइरहेको बताइए पनि त्यसको यकिन तथ्यांक गृह मन्त्रालयसँंग छैन ।
परराष्ट्र मन्त्रालय उच्चस्रोतका अनुसार मिन लुम्बिनी दर्शन र माउन्टेन्ड फ्लाइटको निहुँ पारेर नेपाल आएका हुन् । ‘लुम्बिनी दर्शनका लागि एक मित्रराष्ट्रको नागरिकले नेपाल आउन चाहँदा हामीले हुन्न भन्न सक्दैनौं । म्यानमारमा नेपालीभाषी छन् र त्यहाँका अधिकांश नागरिकले लुम्बिनीको भ्रमणसमेत गरिरहेका हुन्छन्,’ परराष्ट्र अधिकारीले भने । उनको भ्रमणलाई परराष्ट्रले औपचारिक बनाएको छ भने भेटघाट व्यवस्थापनको जिम्मा सेनाले नै लिएको छ ।
मिनले प्रधानसेनापति क्षत्रीसँग दुईपक्षीय छलफल गरिसकेका छन् । ‘सशस्त्र द्वन्द्वपश्चात् तत्कालीन लडाकुहरूको नेपाली सेनामा भएको सफल समायोजन, नेपालको शान्ति प्रक्रिया, नेपाली सेनाद्वारा भूकम्पको समयमा पुर्‍याएको योगदानलगायत विषयमा जानकारी लिने कार्यक्रम छ,’ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित : मंसिर २५, २०७४ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?