कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतसंकेत मधुरो भएपछि संखुवासभा मतगणना स्थगित

दीपेन्द्र शाक्य

संखुवासभा — स्वस्तिक चिन्हको विषयलाई लिएर संखुवासभामा मत गणना स्थगित भएको छ । सोमबार बिहान ५ बजेबाट मतगणना स्थगित भएको हो ।

मतपत्रमा लगाइएको मतसंकेत मधुरो भएपछि बदर मतको संख्या बढ्दै गएपछि दलहरुबीच विवाद सुरु भएको हो । मतगणनाका क्रममा सदरमत बदर र बदरमत सदर गर्दे गएपछि पछिल्लो पटक बिवाद आएको हो । आइतबार राति पनि स्वस्तिक चिन्हको बिषयलाई लिएर ४ घण्टा मतगणना रोकिएको थियो । कांग्रेसले हालसम्मको बदरमत पुन: गणनाको माग गर्दे निर्वाचन आयोगमा उजुरी गरेको छ ।

कांग्रेसका प्रतिनिधिसभा उमेदवार दीपक खड्काले बदरमतलाई पुन मतगणनाको माग गरेका छन् । एमालेका उम्मेदवार राजेन्द्र गौतमले रोकिएको मतगणना सुचारु गर्न माग गरेका छन् । प्रदेशसभा क को पनि मत गणना रोकिएको छ । कांग्रेसका एजेन्टलाई नबोलाई मतपेटिका खोलेपछि विवाद चुलिएको हो । मतगणकले एजेन्ट नखोजी मतपेटिकाको सिल तोडेको कांग्रेसले आरोप लगाएको छ । सर्वदलिय बैठकले गरेको निर्णयलाई नमानी मुख्य निर्वाचन अधिकृतले आफूखुसी मत बदर गरेको कांग्रेसको आरोप छ ।

प्रतिनिधिसभामा एमालेका राजेन्द्र गौतमले २८ हजार ८ सय ४४ मत ल्याएका छन् भने कांग्रेसका दीपक खड्काले २७ हजार ६ सय ३७ मत ल्याएका छन् । यसमा २ हजार ७ सय मत बदर भएको छ । प्रदेशसभा 'क' मा माओबादीका पूर्णप्रसाद राईले १४ हजार ८ सय ४३ र कांग्रेसका टंकप्रसाद राईको १३ हजार १ सय २८ मत छ । प्रदेश 'ख' मा एमालेका तुलसी न्यौपानेको १२ हजार ८ सय १२ र कांग्रेसका दीपककुमार लिम्बूको १२ हजार ३ सय ८७ मत रहेको छ ।

प्रकाशित : मंसिर २५, २०७४ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?