१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सिटौलाले एयरपोर्टमा पत्रकारलाई भने, ‘बोल्ने मुडमा छैन’

पर्वत पोर्तेल

काँकडभिट्टा — राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनसँग पराजित कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पत्रकारसँग प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।

चुनाव हारेपछि काठमाडौं फर्कन भद्रपुर एयरपोर्टमा रहेकाबेला स्थानीय सञ्चारकर्मीले चुनावको प्रतिक्रिया लिन खोज्दा अस्वीकार गरे ।

सिटौलाले एयरपोर्टमा पत्रकारलाई भने, ‘बोल्ने मुडमा छैन’

राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनसँग पराजित कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पत्रकारसँग प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।

चुनाव हारेपछि काठमाडौं फर्कन भद्रपुर एयरपोर्टमा रहेकाबेला स्थानीय सञ्चारकर्मीले चुनावको प्रतिक्रिया लिन खोज्दा अस्वीकार गरे । ‘कसैसँग बोल्ने मुड छैन,’ उनले कुरा टुंग्याउँदै भने, ‘फाउको मान्छे होइन म, बाटोमा भेटेकै भरमा प्रतिक्रिया दिने ।’

चुनावी विजयसभाका लागि गृहजिल्ला आउँदै गरेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि सोही समयमा फर्किए पनि दुई नेताबीच भेट भएन । ओली आएको यति एयरलाइन्सबाटै सिटौला फर्किए ।

एमाले, माओवादी केन्द्रसमेतको समर्थन पाएका राप्रपा महामन्त्री लिङदेनले १३ हजार ४ सय ५८ मतान्तरमा सिटौलालाई हराएका थिए ।

प्रकाशित : मंसिर २५, २०७४ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?