कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

माओवादी केन्द्रका अध्यक्ष दाहाल चितवन– ३ बाट निर्वाचित

विमल खतिवडा

चितवन — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन– ३ बाट निर्वाचित भएका छन् । राप्रपा प्रजातान्त्रिकका महामन्त्री विक्रम पाण्डेलाई ९ हजार मतान्तरले हराउँदै दाहाल निर्वाचित भएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल चितवन– ३ बाट निर्वाचित

दाहालले ४८ हजार २ सय ६९ मत पाउँदा पाण्डेले ३८ हजार ९ सय ४२ मत पाए । दाहाल एमालेसहितको वाम गठबन्धनका उम्मेदवार हुन् भने पाण्डेलाई कांग्रेसको समर्थन थियो ।

दाहाल ०६४ सालको संविधानसभामा काठमाडौं– १० र रोल्पा– २ बाट निर्वाचित भएका थिए भने २०७० सालमा सिरहा– ५ बाट जितेका थिए ।

प्रकाशित : मंसिर २५, २०७४ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?