कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रायमाझीको अग्रता कायमै

वीरेन्द्र केसी

अर्घाखाँची — वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार माओवादी केन्द्रका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी मगतणनाको सुरुवातदेखि नै अग्रस्थानमा छन् । उनलाई कांग्रेस उम्मेदवार डा. रामबहादुर बिसीले पच्याइरहेका छन् ।

रायमाझीको अग्रता कायमै

पछिल्लो मतपरिणाम अनुसरा रायमाझीले ४२ हजार १ सय २५ मत ल्याएका छन् भने बिसीले २७ हजार ७ सय ४१ मत ल्याएका छन् । १४ हजार ३ सय ८४ मत अन्तरले रायमाझी अगाडी छन् । २०६४ र ०७० को संविधानसभा चुनावमा उनी विजयी भएका थिए । पहिलो जीतमा मन्त्री र दोस्रो जितमा उपप्रधानमन्त्रीसम्म उनी भए । 

०७० को चुनावमा पनि रायमाझी र बिसीबीच टक्कर भएको थियो । त्यतिबेला एक हजार ५२ मत अन्तरले रायमाझीले चुनाव जितेका थिए । मतगणना जिल्ला समन्वय समितिको सभाहलमा गणना भइरहेको छ । वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएपछि एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ता मतगणनास्थल वरपर टुँडिखेलमा उपस्थिति बाक्लिँदै गएको छ । 

प्रतिनिधिसभाको लागि १ लाख ३८ हजार ३ सय २८ मतदाता मध्यो ८९ हजार २ सय ४० मत खसेको थियो । अहिलेसम्म ७४ हजार ८१ मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभामा पनि वाम गठबन्धनकै उम्मेदवारले अग्रता लिएका छन् ।

प्रकाशित : मंसिर २५, २०७४ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?