१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

ताप्लेजुङमा समानुपातिक मत गणना सकियो

कांग्रेस भन्दा एमाले ६ हजार मतले अगाडि
आनन्द गौतम

ताप्लेजुङ — समानुपातिक तर्फ ताप्लेजुङमा एमाले र कांग्रेसबीच ६ हजार मतको अन्तर भएको छ । आज सम्पन्न समानुपातिक तर्फको मत गणना अनुसार एमालेले २० हजार ७ सय ४० मत प्राप्त गरेको छ भने कांग्रेसले १४ हजार ७ सय ९९ मत पाएको छ । माओवादी केन्द्रले ६ हजार ३ सय ४१ मत प्राप्त गरेको छ ।

पहिचानको मुद्दा उठाएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च चौथो पार्टी भएको छ । उसले २ हजार ९ मत पाएको छ । यहाँ ५१ हजार ७ सय ४८ मत झरेको थियो भने ४ हजार ६ सय ९२ मत बदर भएको थियो । 

प्रदेशसभा तर्फ ‘क’ मा एमालेले १० हजार ८ सय ११ कांग्रेसले ७ हजार ४ सय ५८ र माओवादी केन्द्रल ३ हजार ४ सय ४१ मत प्राप्त गरेको छ । २८ हजार ९ सय ६६ मत खसेको यहाँ ३ हजार ५ सय २१ मत बदर भएको थियो । 

‘ख’ केन्द्रमा एमालेले ८ हजार ३ सय ८ कांग्रेस ६ हजार १ सय ५५ र माओवादीले २ हजार ८ सय ९७ मत प्राप्त गरेका छन् । २२ हजार ७ सय ८२ मत झरेको यहाँ ३ हजार ६ सय ३ मत बदर भएको छ ।  

प्रकाशित : मंसिर २५, २०७४ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?