कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

गणनास्थलमा नजिक झडप

सर्लाही — सर्लाही क्षेत्र नं ४ को मतगणना स्थगित भएपछि सोमबार अपरान्ह दुई पक्षका कार्यकर्ताबीच गणना नजिक मलंगवामा झडप भएको छ ।

सर्लाही क्षेत्र नं ४ को मतगणना स्थगित भएपछि सोमबार अपरान्ह दुई पक्षका कार्यकर्ताबीच गणना ल नजिक मलंगवामा झडप भएको छ ।

आइतबार राति जब्दी मतदान केन्द्रको मतपेटीकामा ४ वटा मात्र सिल रहेको भन्दै एक पक्षका प्रतिनिधिले विरोध गरेका थिए । रोकिएको मतगणना सुचारु गर्ने वा नगर्ने भन्ने विषयमा दुई पक्षका कार्यकर्ताबीच विवाद भइ झडप भएको हो ।

दुवै पक्षले आपसमा ढुंगा हानाहान गरेका थिए । प्रहरीले लाठीचार्ज र अश्रुग्यास चलाएर भीड तितरवितर बनाएको छ । झडपमा केहीलाई चोटपटक लागेको छ । गणनास्थल नजिक राखिएका केही सवारीसाधनमा क्षति पुगेको छ ।

झडपपछि मतगणनास्थलमा सुरक्षाकर्मी बाक्लो तैनाथ गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले अवस्था नियन्त्रणमा आएको बताए । मतगणना गर्ने विषय भने अझै टुंगो लागेको छैन ।

प्रकाशित : मंसिर २५, २०७४ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?