२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

समानुपातिकमा पनि एमालेको अग्रता कायमै

काठमाडौं — प्रतिनिधिसभाको समानुपातिक तर्फको मतगणनामा पनि नेकपा एमालेले अग्रता जारी राखेको छ । निर्वाचन आयोगका अनुसार सोमबार साँझ ६ बजेसम्ममा कुल १५ लाख ३५ हजार ३ सय १२ मत गणना हुँदा एमालेले ५ लाख ६४ हजार ४ सय २९ मत ल्याएर पहिलो स्थान लिएको हो ।

समानुपातिकमा पनि एमालेको अग्रता कायमै

त्यसैगरी नेपाली कांग्रेस ५ लाख ३० हजार ३ सय २४ मत ल्याएको दोस्रो स्थानमा रहेको छ भने माओवादी केन्द्रले २ लाख ४८ हजार ६ सय ६१ मत ल्याएर तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा ३१ हजार ७ सय ९० मत ल्याएर विवेकशी साझा रहेको छ भने राप्रपा पाँचौं, राष्ट्रिय जनता पार्टी छैटौं र संघीय समाजवादी सातौं स्थानमा रहेको छ ।

प्रदेशसभाहरु तर्फको समानुपातिक मतको गणनामा पनि अिधकांशमा एमालेले नै अग्रता लिएको छ । प्रदेश १, ३, ५ र ६ मा एमालेले अग्रता लिएको छ भने प्रदेश ४ र ७ मा कांग्रेसले अग्रता लिएको छ । प्रदेश २ मा भने रावपा अगाडि छ । साझा विवेकशील पार्टीले उपत्यकासमेत रहेको प्रदे तीनमा उल्लेख्य मत ल्याएपिन अन्य प्रदेशबाट नगन्यमात्र मत पाएका छन् ।

प्रकाशित : मंसिर २५, २०७४ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?