१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्याङ्जामा मतगणना सुस्त, वाम गठबन्धन अगाडि

प्रतिक्षा काफ्ले

स्याङ्जा — लामो समयसम्म चलेको विवादका कारण बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना आइतबार बेलुका १० बजेबाट सुरु गरिएको भएपनि मतगणनामा ढिलाई भएको छ ।

स्याङ्जामा मतगणना सुस्त, वाम गठबन्धन अगाडि

दुई प्रतिनिधि र चार प्रदेशसभा क्षेत्र रहेको स्याङ्जामा दुई निर्वाचन क्षेत्रको दई ठाउँमा र चार प्रदेशसभा क्षेत्रको चार वटा स्थानमा मत गणना गर्न लागिएको भएतापनि गणनामा ढिलाई भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गरिएको गणनामा दलहरुलाई एक/एक मतपत्र देखाएर हुन्छ भन्ने भएपछि मात्र नम्बर टिपिने हुँदा सुस्तो भएको जनाएको छ ।

मत गणना भइसकेको नतिजा हेर्दा स्याङ्जामा हालसम्म वाम गठबन्धन अगाडि देखिन्छ । कांग्रेसको गढ मानिने यो जिल्लामा स्थानीय तहमा पनि वामपन्थीले सोचेभन्दा दोव्बर नतिजा ल्याएको थियो । प्रतिनिधि र प्रदेशसभामा पनि कसैले अनुमान लगाए भन्दा नतिजा फरक छ । हाल सम्मको नतिजामा दुई प्रतिनिधि क्षेत्र र चार प्रदेश क्षेत्रमा नै वाम गठबन्धन अगाडि रहेको छ ।

त्यस्तैगरी निर्वाचन क्षेत्र नम्बर दुईको प्रतिनिधिसभामा चुनाव लडेका वाहालवाला उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठ पनि पछाडि छन । उनीसँग वाम गठबन्धनबाट प्रतिस्पर्धा गरेकी एमालेकी पदमा अर्यालले सोमबार बेलुका ७ बजे सम्म २ हजार २० मतले मतले पछाडि पारेकी छन । अर्यालले १० हजार ३ सय १८ मत प्राप्त गरेकी छन भने मन्त्री श्रेष्ठले ५८ हजार २ सय ९८ मत प्राप्त गरेका छन ।

श्रेष्ठ र अर्याल दोस्रोपटक आमुन्नेसामुन्ने चुनावी मैदानमा उत्रिएका हुन् । यस्तैगरी क्षेत्र नम्बर एकमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका राजु थापाले ६ हजार ७ सय २ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दवी वाम गठबन्धनका नारायणप्रसाद मरासिनीले ९ हजार ३ सय ९० मत प्राप्त गरेका छन् । यसरी नै क्षेत्र नम्बर एकको क मा कांग्रेसका कमल पंगेनीले ८ हजार ६ सय ३९ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दवी माओवादी केन्द्रका दीपक थापाले १० हजार ८ सय १४ मत ल्याएका छन् ।

१ को ख मा कांग्रेसका तुलसी गिरीले ६ हजार ४ सय ६८ र एमालेका मिनप्रसाद गुरुङले ९ हजार १ सय ४ मत ल्याएका छन् । यस्तरी नै क्षेत्र नम्बर दुईको क मा कांग्रेसका विष्णु पौडेलले ५ हजार ८ सय ८६ र एमालेका मोहन रेग्मीले ७ हजार ७ सय ६२ मत र ख मा कांग्रेसका भागवतप्रकाश मल्लले ७ हजार ३ सय ३२ र माओवादी केन्द्रका सुर्यप्रसाद गैह्रेले ८ हजार ५७ मत प्राप्त गरेका छन् । प्राप्त नतिजा अनुसार स्याङ्जामा वाम गठबन्धन नै अगाडि देखिएको हो ।

प्रकाशित : मंसिर २५, २०७४ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?