एमालेले भन्यो, ‘देउवा सरकारका अबका नियुक्ति बदर हुन्छ’

प्रदेश प्रमुखहरुको नियुक्तिसमेत नगर्न चेतावनी

काठमाडौं — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलो शक्ति भएको एमालेले शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले अब गर्ने नियुक्ति बदर गर्ने चेतावनी दिएको छ ।

एमालेले भन्यो, ‘देउवा सरकारका अबका नियुक्ति बदर हुन्छ’

गोरखापत्र संस्थान, चलचित्र विकास बोर्डलगायतमा राजनीतिक नियुक्ति गरेको समाचार सार्वजनिक भएलगत्तै एमालेले त्यसलाई बदर गर्ने चेतावनी दिएको छ । 

‘नेपाली जनताले वाम गठबन्धनलाई दुई तिहाई बहुमतको समर्थन प्रदान गरी निर्वाचित गरेको आजको सन्दर्भमा यस्ता जुनसुकै निर्णयको निरन्तरता नयाँ सरकारले किमार्थ नदिने समेत सबैमा स्पष्ट गर्दछौं,’ एमाले महासचिव ईश्वर पोखरेलद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

एमालेले गोरखापत्र संस्थान, दुग्ध विकास संस्थान, चलचित्र विकास बोर्ड र राष्ट्रिय आमसञ्चार प्रतिष्ठान लगायतमा नियुक्ति गरी मौका छोप्न खोज्नु सरकारको दुराशय र जनादेशविपरीत कदम भन्दै त्यसमा साथ नदिन निजामति कर्मचारीका पदाधिकारीलाई सचेत तुल्याएको छ ।

एमालेले प्रदेश प्रमुख र त्यससँग सम्बन्धित निर्णयहरु पनि नगर्न चेतावनी दिएको छ ।

 

प्रकाशित : मंसिर २५, २०७४ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?