कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

मधेस केन्द्रित दलका सबै अध्यक्ष विजयी

काठमाडौं — प्रतिनिधिसभाको निर्वाचनमा तराई मधेस केन्द्रित राजनीति गर्ने दलका मुख्य शीर्ष नेताहरू सबै विजयी भएका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका ६ जना अध्यक्षले जित हासिल गरेका छन् ।

मधेस केन्द्रित दलका सबै अध्यक्ष विजयी

६ वटा पार्टी मिलेर बनेको राजपाको अध्यक्षमण्डलमा सबै पार्टीका अध्यक्षहरू थिए । २०७० को चुनावमा महेन्द्र यादवबाहेक अन्य पाँच जना सबैले हारेका थिए । यस पटक उनीहरू सबैले जिते । फोरम अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट विजयी भए । 
राजपाका अध्यक्षमण्डलका महन्थ ठाकुरले महोत्तरी–३ बाट तेब्बर बढी मतको फरकमा एमालेका विजयकुमार चौधरीलाई हराए । सिरहा–४ बाट अध्यक्षमण्डलका राजकिशोर यादव विजयी भए । उनले माओवादीका अजयशंकर नायकलाई हराए । धनुषा–३ बाट राजेन्द्र महतोले कांग्रेस नेता विमलेन्द्र निधिलाई हराए । महोत्तरी–२ मा शरदसिंह भण्डारीले कांग्रेसका किरण यादवलाई हराए । महेन्द्र यादव भने आफ्नो पुरानो क्षेत्र सर्लाही–२ बाट विजयी भए । रौतहट–१ बाट अनिल झाले कांग्रेसका कृष्णप्रसाद यादवलाई हराए । प्रदेश २ का ३२ सिटमध्ये फोरम र राजपाले बुहमत सिटमा विजय हासिल गरेका छन् । हालसम्मको परिणामअनुसार प्रदेश २ मा राजपाले १० जितिसकेको छ भने एक सिटमा अझै उसको अग्रता छ । त्यस्तै फोरमले ९ सिट जितेको छ । वामपन्थी गठबन्धनको लहर चले पनि प्रदेश २ मा त्यसको असर मधेसकेन्द्रित दललाई परेन । तराईमा यसअघि राम्रै पकड राख्ने कांग्रेसलाई पनि मधेस केन्द्रित दलले खुम्च्याए । प्रदेश २ मा कांग्रेसले ५ सिट जितेको छ भने एमाले र माओवादी केन्द्रका कुल ७ सिट आउने सभ्मावना छ । 

 

प्रकाशित : मंसिर २६, २०७४ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?