३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

उपप्रधानमन्त्री श्रेष्ठलाई हराउँदै एमालेकी पद्मा अर्याल विजयी

प्रतिक्षा काफ्ले

स्याङ्जा — दुई निर्वाचन र चार प्रदेश सभा क्षेत्र रहेको स्याङ्जामा बिहीबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट क्षेत्र नम्बर दुईको प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनबाट एमाले उम्मेदवार पदमा अर्याल विजयी भएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठलाई हराउँदै एमालेकी पद्मा अर्याल विजयी

प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं बहालवाला उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई फराकिलो अन्तरले पराजित गर्दै विजयी भएकी हुन् । मन्त्री श्रेष्ठलाई अर्यालले ३७०६ मतले पछाडी पार्दै विजयी हुन सफल भएकी छन् । अर्यालले ३५ हजार १ सय ४२ मत प्राप्त गरेकी छिन् भने मन्त्री श्रेष्ठले ३१ हजार ४ सय ३६ मत प्राप्त गरेका छन् । ०५४ सालमा चुनावी मैदानमा होमिएका अर्याल र श्रेष्ठ ०७४ को चुनावमा पनिसँगै होमिने अवसर पाए ।

०५४ मा श्रेष्ठले अर्याललाई पराजित गराएका थिए भने त्यसको बदला अर्यालले अहिले लिएकी छन् । वहालवाला उपप्रधान एवं शिक्षा मन्त्रीसँग चुनाव लड्नु उनको लागि ठूलो चुनौती थियो । जसको बाबजुद उनी विजयी भइन् । आफू भन्दा सानो उमेरकी छोरी सरह महिला उम्मेदवारको रुपमा खडा हुँदा जित्छे भन्ने अनुमान समेत नगरी आफू विजयी हुने सपना देखेका श्रेष्ठ भने यतिवेला दंग परेका छन् ।

चुनाव हार्ने संकेत भएसँगै काठमाडौं पुगेका श्रेष्ठ मतगणनामा पनि सहभागी भएनन् । दुई प्रतिनिधि र चार प्रदेश सभा क्षेत्र रहेको स्याङ्जामा क्षेत्र नम्बर दुईको ‘ख’ प्रदेश बाहेक सवैमा बाम गठबन्धन नै विजयी भएको छ । कांग्रेसको गढ मानिदै आएको स्याङ्जा यसपाली भने बामगठबन्धनले तोड्यो ।

प्रकाशित : मंसिर २६, २०७४ २२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?