२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

सुनसरी– ३ बाट कांग्रेसका विजयकुमार गच्छदार निर्वाचित

काठमाडौं — प्रतिनिधिसभातर्फ प्रत्यक्ष निर्बाचनमा सुनसरीको क्षेत्र नम्बर तीनबाट झिनो मत अन्तरले नेपाली कांग्रेसका विजय गच्छदार निर्वाचित भएका छन् ।

सुनसरी– ३ बाट कांग्रेसका विजयकुमार गच्छदार निर्वाचित

उनले निकटतम् प्रतिद्वन्द्वी एमालेकी भगवती चौधरीलाई ३ सय २१ मतको अन्तरमा पराजित गरेका हुन् । गच्छदारले ३८ हजार ९ सय ७२ मत ल्याएका छन् भने चौधरीले ३८ हजार ६ सय ५१ मत ल्याएकी छन् ।

मतगणनाको सुरुदेखि नै चौधरीले अग्रता लिंदै आएपनि मंगलबार साँझदेखि गच्छदारले अग्रता लिएका थिए ।

गच्छदारले २०४८ सालपछिका सबै चुनाव जितेका छन् । मतगणनाका क्रममा पटक पटक विवाद भएपछि निर्वाचन सकिएको सात दिनपछि अन्तिम नतिजा आएको हो ।

स्थानीय थारु महिलाहरुको वित्तीय अवस्था सुधारमा सक्रिय चौधरीको गच्छदारसँग दोस्रो पराजय हो । २०७० सालको संविधानसभा निर्वाचनमा पनि चौधरी गच्छदारसँग झिनो मतले पराजित भएकी थिइन् ।

गच्छदारको जीतसँगै प्रतिनिधिसभामा कांग्रेस धेरै सिट जित्ने पार्टी दर्ज भएको छ । प्रतिनिधिसभामा चार क्षेत्रमध्ये कांग्रेसले तीन स्थान जितेको छ भने एमाले एक स्थानमा सीमित भएको छ । प्रदेशसभाका ८ क्षेत्रमध्ये एमालेले ५ र कांग्रेसले तीन सिट जितेको छ ।

प्रकाशित : मंसिर २७, २०७४ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?