वामपन्थी अधिनायकवादी र निरंकुश होइनन् : दाहाल

भरतपुर — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललले वामपन्थीलाई अधिनायकवाद वा निरंकुशतन्त्र भन्ने दलका नेताको भनाई गलत भएको बताए । ‘यस्ता गलत प्रचार गर्ने साथीहरुलाई म केही भन्न चाहान्न,’ अध्यक्ष दाहालले भने, ‘यो कुरा भोली गलत सावित हुने नै छ । हामी संघिय लोकतन्त्रीक गणतन्त्रको संविधानको मर्म भावना विपरित जाने छैनौं र त्यही अनुसार नेतृत्व दिन्छौं ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललले वामपन्थीलाई अधिनायकवाद वा निरंकुशतन्त्र भन्ने दलका नेताको भनाई गलत भएको बताए ।

‘यस्ता गलत प्रचार गर्ने साथीहरुलाई म केही भन्न चाहान्न,’ अध्यक्ष दाहालले भने, ‘यो कुरा भोली गलत सावित हुने नै छ । हामी संघिय लोकतन्त्रीक गणतन्त्रको संविधानको मर्म भावना विपरित जाने छैनौं र त्यही अनुसार नेतृत्व दिन्छौं ।’

नेपाल पत्रकार महासंघ चितवन शाखाले बिहीबार भरतपुर गार्डेन रिसोर्टमा गरेको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘वाम गठबन्धनले जिते पछि अर्को केही हुन्छ भन्ने गलत प्रचार गरिएको छ । वामपन्थी नै पहिलो लोकतन्त्रवादी हो भन्ने नेपालको इतिहासमा सावित भइसकेको छ ।’

दाहालले वामपन्थि नै जनपक्षिय भएको दाबि गरेका छन् । ‘प्रेस स्वतन्त्रताको पक्ष र कानुनी राज्यको पक्षमा दृढता साथ उभिएको भन्ने प्रमाणित भइसकेको छ,’ उनले भने,’ ‘आगामि दिनमा अझ राम्रोसँग प्रमाणित हुने छ ।’ उनले विश्वस्त रहन आग्रह गरे ।

कार्यक्रममा निकै प्रशन्न मुद्रामा देखीएका दाहालले छोटो समय बोलेका थिए । घर दैलो कार्यक्रम गर्न जानुपर्ने भन्दै उनले कार्यक्रममा थोरै बोलेर बाहिरिएका थिए । महासंघले प्रतिनिधि तथा प्रदेशसभामा विजयीलाई सम्मान गरेको थियो । चितवनका सबै निर्वाचन क्षेत्रमा वाम गठबन्धनले जितेको छ ।



‘हामिले राजनीति स्थायित्व र आर्थिक विकासको एजेण्डालाई प्रमुखता दिएर नै वाम गठबन्धन बनाएका हौं,’ उनले भने, ‘जनताले त्यसलाई बढो सम्मानका पूर्वक सम्बोधन गरेको स्थिति छ । अब साँच्चिकै राजनीतिक स्थायीत्व प्रदान गर्ने आर्थिक विकास र समृद्धीको नयाँ यात्रा तर्फ देशलाई डोर्‍याउनु पर्छ ।’

भष्ट्राचार देशमा एउटा महारोग भएको दाहालको तर्क थियो । ‘अब भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्छ । जनताको प्रमुख आकांक्षा पनि यही हो,’ उनले भने, ‘यसका लागी लामो समय देखी जनताले संघर्ष गरिरहेका छन् । भष्ट्राचार नियन्त्रणका लागी हामिले संकल्प पनि गरेका छौं ।’

उनले स्थायीत्व र समृद्धी दिन्छौं भन्ने जनताको अगाडी बोलेका बताए । त्यही आधारमा जनताले वाम गठबन्धनलाई जिताएको दाहोर्‍याए । यति बेला जिम्मेवारी थपिएको र यसलाई गम्भिरताका साथ पुरा गर्ने दायीत्व वाम गठबन्धनको काँधमा आएको उनले स्पष्ट पारे ।

‘हामी समृद्ध नेपाल बनाउन खरो रुपमा उत्रने छौं,’ उनले भने, ‘जन अपेक्षा अनुसार र जनता सामु गरिएको प्रतिवद्धता अनुसार काम गर्ने छौं ।’

गठबन्धनलाई सिंगो अन्तर्राष्ट्रिय जगतले बढो गम्भिरता पूर्वक हेरेको दाहालले बताए । ‘अब के होला भन्ने छ । खास गरी छिमेकी राष्ट्रको अब नेपालमा के होला भन्ने तिर गहिरो ध्यान छ भन्ने हामिले बुझेका छौं,’ उनले थपे, ‘संविधानको मर्म र भावना अनुसार काम गर्छौं ।’चुनावमा हुने सबै खालको अनुभव पहिलो पटक गरेको अनुभव सुनाए ।

‘रोल्पाको चुनावमा एउटा सभा गरेर जिते । काठमाडौंमा पहिलो चोटी उठ्दा एक/दुई चोटी सभा गरेर जिते । सिराहामा पनि त्यस्तै भयो । चुनाव हुने नहुने भन्ने भन्ने अन्यौलका कारण आफ्नो निर्वाचन क्षेत्र सिराहा त्यति गइन । चुनावको माहोल बनाउने तिर लागें,’ दहालले कार्यक्रममा सुनाए, ‘यस पटकको चुनावबाट धेरै कुरा सिकें । चितवन आएर जनताको भावना मर्म बुझ्ने मौका मिल्यो ।’

प्रकाशित : मंसिर २८, २०७४ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्

प्रतिनिधिसभा र प्रदेशसभामा ७ दलित विजयी

दीपक परियार, बिना थापा

लेखनाथ — प्रतिनिधिसभा र प्रदेशसभामा वाम र लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका १० मध्ये ७ दलित उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ४ सांसद सबै वाम गठबन्धनबाट विजयी भएका हुन् ।

वाम गठबन्धनबाट तीन जनाले चुनाव जिते । कांग्रेसले प्रतिनिधिसभामा एक जना पनि दलित उम्मेदवार उठाएको थिएन । प्रदेशसभामा भने देशभर गरी एक जनालाई टिकट दिएको थियो । कास्की–१ को प्रदेशसभा (क) मा टिकट पाएका कांग्रेस केन्द्रीय सदस्य जीवन परियार माओवादी केन्द्रका दीपक कोइरालासँग पराजित भए ।

प्रतिनिधिसभामा रूपन्देही–१ बाट एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले चुनाव जिते । उनले बहालवाला खानेपानी राज्यमन्त्रीसमेत रहेका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अब्दुल रज्जकलाई पराजित गरेका थिए । पूर्वकृषि तथा सहकारी मन्त्री भइसकेका विश्वकर्माको स्थायी घर बुटवल हो । उनी २०७० को निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए । 

एमालेकै पोलिटब्युरो सदस्य जगतबहादुर विश्वकर्मा कास्की–३ बाट प्रतिनिधिसभामा निर्वाचित भए । उनले कांग्रेसका पुराना नेता शुक्रराज शर्मालाई हराएका थिए । प्रतिनिधिसभामा निर्वाचित हुनेमा बाँकेका महेश्वर गहतराज (अथक) पनि हुन् । माओवादी केन्द्रबाट बाँके–१ मा उठेका उनले कांग्रेसका माधवराम खत्रीलाई पराजित गरे । सप्तरी–१ बाट उम्मेदवारी दिएका माओवादी केन्द्रकै अशोककुमार मण्डल भने संघीय समाजवादी फोरमका डा. सूर्यनारायण यादवसँग पराजित भए ।

प्रदेशसभामा वाम गठबन्धनबाट उम्मेदवार बनाइएका ५ मध्ये ४ ले चुनाव जितेका छन् । बारा–४ को प्रदेशसभा (क) मा एमालेका सुन्दरकुमार विश्वकर्मा विजयी बने । उनले कांग्रेसका ओमकृष्ण कार्कीलाई हराए । मुगु–१ को प्रदेशसभा (क) मा एमालेकै दानसिंह परियार चुनिए । उनले कांग्रेसका तिलकबहादुर मल्ललाई पछाडि पारेका थिए ।

रुकुम पश्चिमको प्रदेशसभा (क) मा माओवादी केन्द्रका रातो कामीसँग कांग्रेसका कृष्णबहादुर रोकायाले पराजय भोगे । दलित उम्मेदवारमध्ये सबैभन्दा धेरै मतान्तरले जित्ने उनै हुन् । कामीले १६ हजार ८ सय १० मत ल्याउँदा रोकायाले ८ हजार ५ सय ७७ मत पाए । माओवादी केन्द्रका मानबहादुर सुनार कञ्चनपुर–३ को प्रदेशसभा (ख) बाट विजयी भए । उनले कांग्रेसका बेलबहादुर रानालाई हराएका थिए । काठमाडौं–३ को प्रदेशसभा (क) मा माओवादीबाट उठेका रुद्र बराइलीले पराजय बेहोर्नुपर्‍यो । उनी कांग्रेसका छिरिङदोर्जे लामासँग १ हजार १ सय १३ मतान्तरले पराजित भए । प्रतिनिधिसभामा देशभर १ हजार ९ सय ४४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । ३ सय ३० प्रदेशसभाका लागि ३ हजार २ सय ३८ उम्मेदवार चुनावी मैदानमा थिए । वाम र लोकतान्त्रिक गठबन्धनले दलित उम्मेदवारलाई प्राथमिकता नदिँदा दलित सांसदको संख्या कम भएको हो । प्रदेश १ मा ठूला दलबाट दलित उम्मेदवार नै थिएनन् । साना दलबाट भने थुप्रै दलित उम्मेदवारले चुनावमा प्रतिस्पर्धा गरेका थिए ।

मुगुमा चरम जातीय भेदभाव ब्यहोर्दै आएका दलित समुदायका एक युवा प्रदेशसभामा निर्वाचित भएका छन् । मुगु–१ को प्रदेशसभा ‘क’ बाट एमाले उम्मेदवार दानसिंह परियार विजयी भएका हुन् । छायानाथ रारा नगरपालिका–१ श्रीनगरका ३२ वर्षीय परियारले ५ हजार ६ सय ५३ मतसहित प्रदेशसभाको ढोका खोले । उनले कांग्रेसका तिलकबहादुर मल्ललाई ३ सय ५४ मतान्तरले हराएका थिए । १३ वर्षकै उमेरमा महाकाली उच्च माविबाट विद्यार्थी राजनीति सुरु गरेका थिए, परियारले । ०६५ मा अनेरास्ववियुको केन्द्रीय सदस्य बने । ०६७ मा अनेरास्ववियुको सचिवालय सदस्य र ०७४ मा पार्टीको सचिवालय सदस्य भएका उनी शिक्षाशास्त्र र कानुनमा स्नातक हुन् । 

जनआन्दोलनका बेला तीन दिन जेल परेका उनले दलित समुदायको हकहितका लागि आफू क्रियाशील रहने बताए । पार्टीमा लामो संर्घषपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने अवसर पाएको उनको भनाइ छ । ‘एकातिर वाम गठबन्धन र अर्कोतिर दलित समुदायको व्यक्ति भएकाले मलाई चुनाव जित्न सहज भयो,’ उनले भने ।

 

प्रकाशित : मंसिर २८, २०७४ ११:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्