अशिष्ट शब्द प्रयोग गरी राष्ट्रपतिलाई गाली गर्ने पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौं — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तनहुँ बन्दीपुर नगरपालिका–३ का विवेक बानियाँलाई राष्ट्रपतिविरुद्ध अमर्यादित र अशोभनीय शब्द प्रयोग गरी राष्ट्र प्रमुखको मानमर्दन गर्ने खालका फेसबुक स्ट्याटस लेखेकाले पक्राउ गरिएको जनाएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अमर्यादित शब्द प्रयोग गर्ने एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।

उनलाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ । सो ऐनको दफा ४७ अनुसार ५ वर्षसम्म कैद र रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रकाशित : मंसिर २८, २०७४ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्

जनआकांक्षा पूरा गर्न सबै दलबीच सहमति हुनुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार भेटी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम र समानुपातिकतर्फको मतगणना भइरहेका विषयमा जानकारी गराएका छन् ।

उक्त अवसरमा राष्ट्रपतिले नेपालको संविधान कार्यान्वयनमा महत्वपूर्ण कोसेढुंगाको रुपमा रहेको निर्वाचन निर्दिष्ट समयभित्रै शान्तिपूर्ण रुपमा ठूलो जनसहभागिताका साथ उल्लासमय वातावरणमा सम्पन्न भएकामा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, निजामती, नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी, सशस्त्र प्रहरीलगायत सम्पूर्ण राष्ट्रसेवक तथा मतदातालाई धन्यवाद दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जानकारी दिए ।  

निर्वाचनबाट मुलुकमा राजनीतिक स्थिरता हुनेमा विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सामाजिक आर्थिक रुपान्तरणसहित समृद्धि हासिल गर्ने जनआकांक्षा पूरा गर्न सबै राजनीतिक दलबीच सहमति र सहकार्यको निरन्तरतामा जोड दिए । 
- रासस

प्रकाशित : मंसिर २८, २०७४ १७:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्