कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पोखराबाट मुख्यमन्त्रीको दाबी

दीपक परियार, बिना थापा

लेखनाथ — प्रदेश नम्बर ४ को राजधानी पोखराबाट युवा नेताले मुख्यमन्त्रीको दाबेदारी प्रस्तुत गरेका छन् । कास्कीबाट निर्वाचित दीपक कोइरालाले प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा दाबी गरेका हुन् । उनी माओवादी केन्द्रबाट उम्मेदवारी दिएर प्रदेशसभा १ (क) बाट निर्वाचित भएका थिए ।

पोखराबाट मुख्यमन्त्रीको दाबी

कांग्रेस केन्द्रीय सदस्य जीवन परियारलाई हराएका उनी जम्मा ३९ वर्षका छन् । कास्कीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको विश्वासपात्रका रुपमा चिनिने कोइरालाले चितवन पुगेरै दाहाललाई भेटेका छन् ।

१, ३, ४, ५, ६ र ७ मध्ये माओवादी केन्द्रले पाउने प्रदेश मुख्यमन्त्रीमा ४ नम्बर पनि पर्ने उनको विश्वास छ । ४ नम्बर प्रदेश माओवादी केन्द्रले पाउँदा आफू निर्विकल्प मुख्यमन्त्री हुने उनी दाबी गर्छन् ।

‘पार्टीमा लामो समयको योगदान र नयाँ भिजन मसँग छ,’ कान्तिपुरसँग उनले भने, ‘अहिलेको समयमा जनताले युवा नेतृत्व खोजेकाले पनि उपयुक्त पात्र मै हुँ ।’ दाहालसँगको भेटमा ४ नम्बर प्रदेश माओवादी केन्द्रले लिनेबारे सम्भावना बलियो देखेको उनले सुनाए । ‘एमालेबाट पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङबीच खिचाँतानी छ,’ उनले भने, ‘ति दुवैलाई नबनाएर ४ नम्बर माओवादी केन्द्रले लिने प्रवल सम्भावना छ । यसमा अध्यक्ष पनि सकारात्मक हुनुहुन्छ ।’

त्यसो त माओवादी केन्द्रबाट गोरखाका अमर तमु र कास्कीका राजकाजी गुरुङलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा हेरिएको थियो । गुरुङ बाहुल्य क्षेत्रमा सोही समूदायबाट मुख्यमन्त्री बनाउनुपर्ने दबाब वाम गठबन्धनलाई छ । तर दुवै दाबेदारले पराजय व्यहोरेपछि कोइरालाको पक्षमा पासा पल्टिएको हो । अमर तमु गोरखाको २ (क) मा कांग्रेसका प्रकाशचन्द्र दवाडी र राजकाजी गुरुङ कास्कीको २ (ख) मा कांग्रेसकै विन्दुकुमार थापासँग पराजित भएका थिए ।

प्रदेश नम्बर ४ मा प्रदेशसभाका ३६ सिटमध्ये माओवादी केन्द्रले ९ मा विजय हात पारेको छ । पर्वत १(क) मा नेत्रनाथ अधिकारी, बागलुङ २(क) मा चन्द्रबहादुर बुढा, म्याग्दी प्रदेश ‘क’ मा विनोद केसी, तनहुँ १(ख) मा हरिबहादुर चुमान, २(क) मा आशा कोइराला, कास्की १(क) मा दीपक कोइराला, ३(क) मा रामजीप्रसाद बराल, स्याङ्जा १(क) मा दीपक थापा र गोरखा १(क) मा लेखबहादुर थापा निर्वाचित भएका हुन् । तनहुँबाट निर्वाचित आशा कोइरालालाई सम्भावित प्रदेश सभामुखको रुपमा हेरिएको छ ।

प्रकाशित : मंसिर २८, २०७४ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?