उच्च अदालतका न्यायाधीशविरुद्धको सुनुवाइ पुस ६ मा

काठमाडौं — सर्वोच्च अदालतले उच्च अदालतका ८० न्यायाधीशको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ हेर्दाहेर्दैमा आगामी पुस ६ गते तोकेको छ । न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासमा बिहीबार सुनुवाइका लागि समय नभ्याइएको हुँदा हेर्दाहेर्दैमा राखिएको हो । यसअघि यही मंसिर १४ गते सुनुवाइ नसकिएपछि आजका लागि निर्णय सुनाउने दिन तोकिएको थियो ।

गत वर्ष पुस २९ गते राति उच्च अदालतका न्यायाधीशको नियुक्ति गर्दा प्रक्रिया नपुर्‍याई दलगत स्वार्थका आधारमा गरिएको जिकिर गर्दै सरकारी वकिल कार्यालयका नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेल, अधिवक्ता डिलहरि शर्मा, प्रकाशकुमार काफ्ले, सुरेन्द्रप्रसाद यादव र तोयानाथ ढुंगानाले रिट निवेदन दायर गरेका थिए ।
न्यायपरिषद्का तत्कालीन दुई सदस्य वैद्यनाथ उपाध्याय र रामप्रसाद सिटौलाको अनुपस्थितिमै न्यायाधीशका लागि नाम सिफारिश भएको थियो । तत्कालीन परिषद् अध्यक्ष प्रधानन्यायाधीश सुशीला कार्की तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायक र परिषद् सदस्य पदमप्रसाद वैदिक मात्र बैठकमा उपस्थित भएको हस्ताक्षर थियो ।
- रासस

प्रकाशित : मंसिर २८, २०७४ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

वसन्त सापकोटाको ‘जाली रुमाल’को म्यूजिक भिडियो सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौं — संगीतकार वसन्त सापकोटाको संगीत, शब्द तथा स्वरमा रहेको नयाँ गीत ‘जाली रुमाल’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

रिकेश गुरुङ किजको संगीत संयोजनमा तयार भएको गीतको भिडियो पनि निकै गज्जबको बनेको छ । के एण्ड के प्रोडक्सनले निर्माण गरेको म्युजिक भिडियो सार्वजनिक गर्दै संगीतकार सापकोटाले दर्शकको माया पाउने बिश्वास ब्यक्त गरेका छन् ।

राजधानीको रमणिय स्थानहरुमा छायांकन गरिएको भिडियोमा मोडल निराजन प्रधान र नायिका मरिस्का म्यारी पोखरेलको अभिनय रहेको छ । उत्सव दहालको सिनेम्याटोग्राफीमा तयार भएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । सुरेन बसेलको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।

प्रकाशित : मंसिर २८, २०७४ १८:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT