कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

महोत्तरीमा १ सय ७१ उम्मेदवारको धरौटी जफत

रवीन्द्र उप्रेती

महोत्तरी — भर्खरै सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा महोत्तरीमा एकसय ७१ उम्मेदवारको धरौटी जफत भएको छ ।

प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सदर मतको १० प्रतिशत नपाउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान छ ।

भर्खरै सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा महोत्तरीमा एकसय ७१ उम्मेदवारको धरौटी जफत भएको छ ।

प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सदर मतको १० प्रतिशत नपाउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान छ ।

महोत्तरीमा प्रतिनिधि सभाका ४ क्षेत्रमा ६९ र प्रदेश सभाका ८ निर्वाचन क्षेत्रमा १ सय ४४ गरी एकसय ७१ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

ऐनले तोकेबमोजिम मत प्राप्त गर्न नसक्दा प्रतिनिधिसभातर्फका ५९ र प्रदेशसभाका एकसय १२ गरी १ सय ७१ जनाले धरौटी गुमाएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ऐनले प्रतिनिधि सभाका उम्मेदवारले १० हजार र प्रदेशसभाका उम्मेदवारका लागि ५ हजार धरौटीको व्यवस्था गरेको छ ।

धरौटी गुमाउनेमा स्वतन्त्र उम्मेदवार बढी छन् । जिल्लामा एकसय २४ जना स्वतन्त्र उम्मेदवारको धरौटी जफत भएको छ । जिल्ला निर्वाचन कार्यालयकाअनुसार यसमध्ये प्रतिनिधिसभातर्फका ३६ र प्रदेशसभाका ८२ छन् । प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एक प्रतिसतभन्दा कम मत ल्याउनेको संख्या १ सय ३७ छ ।

प्रकाशित : मंसिर २८, २०७४ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?