२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

नेपाली सेनालाई राष्ट्रसंघीय पदक

काठमाडौं — राष्ट्रसंघले दक्षिणी सुडानमा कार्यरत नेपाली शान्ति सेनालाई राष्ट्रसंघीय पदकबाट सम्मान गरेको छ ।
दक्षिणी सुडानको रोम्बेकमा खटिएको नेपालको शान्ति सेनालाई उत्कृष्ट कार्यगरेबापत उक्त पदक दिइएको नेपालस्थित राष्ट्रसंघीय आवासीय कार्यालयले जनाएको छ ।

नेपाली सेनालाई राष्ट्रसंघीय पदक

राष्ट्रसंघले दक्षिणी सुडानमा कार्यरत नेपाली शान्ति सेनालाई राष्ट्रसंघीय पदकबाट सम्मान गरेको छ ।
दक्षिणी सुडानको रोम्बेकमा खटिएको नेपालको शान्ति सेनालाई उत्कृष्ट कार्यगरेबापत उक्त पदक दिइएको नेपालस्थित राष्ट्रसंघीय आवासीय कार्यालयले जनाएको छ ।
रोम्बेकमा हालै आयोजित एक समारोहमा दक्षिण सुडानका राष्ट्रसंघीय फोर्स कमान्डर लेफटनेन्ट जनरल फ्रान्क मुसायो कामानाजीले नेपाली सेनालाई उक्त पदक हस्तान्तरण गरेको जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली सुरक्षा निकायले विश्व शान्तिमा निर्वाह गरेको भूमिकाप्रति राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसका तर्फबाट उनले नेपाल सरकारलाई धन्यवादसमेत दिएको विज्ञप्तिमा जनाइएको छ ।
सन् १९५८ देखि नेपालले राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना खटाउँदै आएको छ । १ लाख १९ हजार नेपाली सेनाले अहिलेसम्म विश्व शान्तिमा काम गरेका छन् । हालसम्म ४२ वटा शान्ति स्थापना कार्यमा सहभागी भइसकेको नेपाली सेना अहिले पनि १४ शान्ति मिसनमा कार्यरत छ ।

प्रकाशित : मंसिर २८, २०७४ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?