समानुपातिकतर्फ एमालेको अग्रता कायमै, २८ लाख ९५ हजार ८०६ मत प्राप्त

काठमाडौं — पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा नेकपा (एमाले) को अग्रता कायमै रहेको छ । निर्वाचन आयोगबाट प्राप्त जानकारीअनुसार नेकपा (एमाले)ले बिहीबार राति साढे ८ बजेसम्म २८ लाख ९५ हजार ८०६ मत, नेपाली कांग्रेसले २८ लाख १३ हजार ६८७, नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६२ हजार ७६९, संघीय समाजवादी फोरम नेपालले ४ लाख १२ हजार ३९० मत प्राप्त गरेका छन् ।

समानुपातिकतर्फ एमालेको अग्रता कायमै, २८ लाख ९५ हजार ८०६ मत प्राप्त

राष्ट्रिय जनता पार्टी नेपालले ३ लाख ६६ हजार ३६५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ६६ हजार ३६५ र विवेकशील साझा पार्टीले १ लाख ९४ हजार ८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित : मंसिर २८, २०७४ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?