कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अन्तर्राष्ट्रिय बौद्धिक समुदायले नेपाललाई सहयोग गर्ने

लण्डन — बेलायतको लिड्स विश्वविद्यालयका प्राडा सूर्यप्रसाद सुवेदीले एक विज्ञप्ति प्रकाशित गरी नेपालमा हालै सम्पन्न संसदीय निर्वाचन सफल भएकोमा सबै नेपाली जनता, निर्वाचन आयोग, नेपाल सरकार र सबै दलका नेताहरुलाई हार्दिक बधाई व्यक्त गरेका छन्।

अन्तर्राष्ट्रिय बौद्धिक समुदायले नेपाललाई सहयोग गर्ने

'यो निर्वाचनले नेपालको लामो राजनीतिक तथा संवैधानिक संक्रमणकालको अन्त्य भएको र धेरै उतार-चढाव पछि लोकतन्त्रको नयाँ युग सुरु हुन लागेको छ,' विज्ञप्तिमा भनिएको छ । 

प्राडा सुवेदीले देशलाई राजनीतिक स्थिरता दिन, आर्थिक समृद्धीमा अगाडि बढाउन, लोकतन्त्र, विधिको शासन र मानवअधिकारलाई संस्थागत र सुदृढीकरण गर्न तथा अन्य चुनौतीहरुलाई सामना गर्न अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिएको बौद्धिक समुदायलाई परिचालन गर्न आफू व्यक्तिगत र संस्थागत दुवै रुपमा क्रियाशिल हुने बताएका छन् ।

ब्रिटेन-नेपाल प्राज्ञिक फोरम फर नेपालका अध्यक्ष तथा अन्तर्राष्ट्रिय कानुन इन्स्टिच्युटका निर्वाचित सदस्य रहेका प्रा सुवेदीले नेपाल सरकारलाई नितान्त राष्ट्रियहितको सवालमा गैरदलीय, निष्पक्ष र सवतन्त्र रुपमा नीतिनिर्माणमा सहयोग गर्न आफू तत्पर रहेको पनि बताएका छन् । 

प्रकाशित : पुस २, २०७४ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?