कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कवाडी सामान संकलनको बहानामा चोरी

बिहारबाट राजधानी छिरेको ‘चल्ला’ समूह प्रहरी फन्दामा

काठमाडौं — कवाडका सामान संकलनको बहानामा चोरी गर्ने भारतीय चोरहरूको एक गिरोह पक्राउ परेको छ । महानगरिय अपराध महाशाखाले भारत विहारको समस्तीपुरबाट चोरी गर्न काठमाडौं पसेको ‘चल्ला’ नामको चोर समूहका ६ जना र उनीहरुलाई सघाउने एक नेपालीलाई पक्राउ गरेको छ ।

कवाडी सामान संकलनको बहानामा चोरी

प्रहरीका अनुसार पक्राउ परेकामध्ये दुई जना यसअघि पनि चोरी मुद्दामा धरौटी बुझाएर जेलबाट छुटेका व्यक्ति हुन् । महाशाखाका अनुसार समूहले उपत्यकाका विभिन्न स्थानमा कवाडी सामान संकलनको बाहाना बनाई बिहान तथा दिउँसोका समयमा घरभित्र छिरी चोरी गर्ने गरेको देखिन्छ । समुहका सदस्यले घरको झ्याल वा ढोकाबाट भीत्र पस्थे र नगद, सुन चाँदीका गहना र मोबाईल र इलक्ट्रोनिक्स सामाग्रीहरु चोरेर भाग्थे ।

प्रहरीले चोरी समूहका दिनेश पोदार, मुकेश कुमार पोदार, केतुल पोदार, चन्तन पोदार, सुरज पोदार, विकास पोदार र पशुपतिमा दाउराको काम गर्ने बारा निजगढ घर भएका राजकुमार अधिकारीलाई पक्राउ गरेको हो । अधिकारी तीन वर्ष अघि पनि महानगरिय अपराध महाशाखाबाट सार्वजनिक अपराध मुद्दामा तीन हजार धरौटी बुझाएर जेलमुक्त भएका व्यक्ति हुन् । पक्राउ परेका ६ भारतीयहरुमध्ये पाँचजना बीस वर्ष मुनीमा छन् ।

प्रहरीका अनुसार पक्राउ परेकाहरु लामो समयदेखि मौसमीरुपमा राजधानी छिर्ने र चोरी गर्ने काममा संग्लन थिए । पक्राउ परेका मुकेश कुमार पोदार २०७३ बैशाखमा बौद्धबाट चोरीको घटनामा पक्राउ परेका थिए । त्यतिबेला उनी ९३ हजार धरौटी राखेर जेलमुक्त भएका थिए ।

प्रहरीका अनुसार उनीहरु भारतका विभिन्न शहर पस्ने र चोरी गरेर निस्कने काममा सक्रिय छन् । यो समूह मौसमी चोरी गर्नकै लागि नेपाल पछर्ने र समूह बनाएर गौशाला, तिलगंगा, बानेश्वर र सिनामंगल क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा लुकिछिपी बस्ने गरेको देखिन्छ ।

यो समूहले चोरी गर्नुअघि कवाडी टिप्ने बहानामा घरको पहिचान गर्ने र अन्य जानकारी लिने गरेको देखिन्छ । सूचना लिइसकेपछि घरमा मान्छे नभएको समयमा एक जना घरभित्र पस्ने र अर्को एकले निगरानी गर्ने गरेको देखिन्छ । प्रहरीका अनुसार चोरी लगत्तै यो समूह भारततिर पस्ने गरेको देखिन्छ ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले विभिन्न ब्राण्डका चार मोबाईल, तीन घडी र चोरी गर्दा प्रयोग हुने फलामको रड समेत बरामद गरेको छ ।

प्रकाशित : पुस २, २०७४ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?