कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कलंकीका नासु शेरबहादुर थापा र नारायणमणि खनालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । दुवैजना लालपुर्जा बनाउने सेवाग्राहीसँग लिएको ३० हजार रुपैयाँ घूससहित पक्राउ परेका थिए ।

कानुन व्यवसायी कपिलदेव खड्कासमेत रंगेहात पक्राउ परेका थिए । तर अख्तियारले खड्कालाई भने मागदाबीमा छुट दिई सरकारी साक्षीका रूपमा विशेष अदालतमा पेस गरिने जनाएको छ ।

प्रकाशित : पुस ३, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?