कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

करोडौं ठगेर भारतीय व्यापारी फरार

लेखनाथ — चुनावको मेसोमा करोडौं रुपैयाँ ठगेर ४ भारतीय व्यापारी पोखराबाट फरार भएका छन् । बजार मूल्यभन्दा झण्डै आधा रकममा सामान पाइने लोभमा अग्रीम पैसा बुझाएका ग्राहकलाई ठगेर उनीहरु फरार भएका हुन् ।

करोडौं ठगेर भारतीय व्यापारी फरार

फरार हुनेमा भारत तामिलनाडु राज्यको त्रिचलापतली उरहिउर थानाका ५३ वर्षीय मथु रावन, तन्जाउर प्यारावरणी थानाका ५६ वर्षीय राजेन्द्र शेठ्ठी, तन्जाउ त्रिचित्मट्रप्लम थानाका ३५ वर्षीय मूर्खानन्दम तेवर र ४५ वर्षीय मथु उडियार छन् ।

उनीहरुले मंसिरको पहिलो हप्ता पोखराको सिर्जनाचोकमा सटर भाडामा लिई अक्सिजन ट्रेडर्स सञ्चालनमा ल्याएका थिए । बजार मूल्यभन्दा ४५ प्रतिशत छुटमा विद्युतीय, फर्निचर तथा किचनका सामग्री बिक्रीमा थिए । ग्राहकले पुरै पैसा बुझाएर अग्रिम बुकिङ गरेको १५ दिनमा सामान पाउने बताइएको थियो । त्यति सस्तोमा सामान पाइने भएपछि पसलमा पैसा बुझाएर बुकिङ गर्नेको भीड लाग्ने गरेको थियो । ग्राहकले ५ सयदेखि ५ लाख रुपैयाँसम्म पैसा बुझाएका थिए ।

सोमबार सामान बुझ्ने समय दिइएको भएपनि पसल बन्द छ । सामान दिन केही दिन ढिला हुने सूचना सटरमा टाँगिएको छ । आइतबार बिदा भनेर बन्द गरिएको पसल सोमबार बिहान नखुलेपछि पैसा बुझाएका ग्राहकले आफू ठगिएको बताएका छन् । पसलमा ठगीमा परेका पोखरेलीको भीड लागेको छ । पान नम्बर सहितको बिलमा भएको मोबाइल नम्बरमा सम्पर्क हुन सकेको छैन । त्यहाँका ६ कर्मचारीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

ठगिनेमा धेरै सिर्जनाचोक, जाल्पारोड, मालेपाटन वरपरकै छन् । सिर्जनाचोककी सुष्मा थापाले बजारमा २२ हजार रुपैयाँ पर्ने दराज १२ हजारमा पाइने देखेपछि पैसा बुझाइन् । जाल्पारोडकी गंगा कार्कीले सुरुमा ४ हजार ५ सय रुपैयाँ तिरेर टेबुल, हटकेस, बाटा, कुकर लगायत सामान बुक गरिन् । १५ दिनपछि उनले ति सबै सामान पाइन् पनि । उनले फेरि ५ हजार रुपैयाँको सामान बुक गरिन् । यसपटक भने उनी ठगिइन् ।

ठगिनेमा चिकित्सक, कर्मचारी, सञ्चारकर्मीदेखि पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यसम्म छन् । त्यहीं कर्मचारी पृथ्वी भण्डारीले आफूसहित १२ कर्मचारी पनि ठगिएको बताए । उनले सामान बुक गर्न १७ हजार रुपैयाँ बुझाएका थिए । करिब १ हजारजनाबाट १० करोड रुपैयाँ ठगेको हुनसक्ने विरौटाका लक्ष्मण बरालले बताए । ‘सुरुसुरुमा सामान दिएजस्तो गरेका थिए,’ उनले भने, ‘सामान पाइदो रहेछ भनेर पैसा बुझाइयो, अहिले आएर फसियो ।’

मंसिर २० मा प्रहरीले ४ व्यापारीलाई पक्राउ गरेर हिरासतमा राखेको थियो । ३ दिनपछि ग्राहक नै आएर उनीहरुलाई छुटाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले बताए । ‘ठगिएको भनेर कसैको लिखित उजुरी आएन,’ उनले भने, ‘ग्राहक नै आएर आफूले सामान पाइरहेका छौं भनेपछि हामीले छोड्नैपर्‍यो ।’

उनका अनुसार ६० जना त्यस्ता ग्राहकको रोहबरमा व्यापारीलाई छोडिएको थियो । उनले लिखित उजुरी आए खोजतलास गर्ने बताए । ग्राहकले भने प्रहरीले छाड्नु नै गलत भएको बताएका छन् । पर्स्याङका डा.गोविन्द पाण्डेले प्रहरीले व्यापारीलाई छोडेपछि झन् धेरै ग्राहकले पैसा बुझाएको दाबी गरे ।

प्रकाशित : पुस ३, २०७४ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?