कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धुर्मुस–सुन्तलीलाई अष्ट्रेलियाबाट ३२ लाख सहयोग

नारायण खड्का

अष्ट्रेलिया — नेपालमा एकिकृत नमुना सन्तपुर बस्ती निर्माणमा लागिपरेका धुर्मुस–सुन्तलीलाई अष्ट्रेलियाको पर्थबाट ४० हजार डलर (करिब ३२ लाख रुपैयाँ) सहयोग जुटेको छ । पश्चिम अष्ट्रेलियाको पर्थमा रहेको वि केयर नेपाल पर्थ अष्ट्रेलिया नामको संस्थाको पहलमा उनीहरुलाई उक्त सहयोग रकम जुटाइएको हो ।

धुर्मुस–सुन्तलीलाई अष्ट्रेलियाबाट ३२ लाख सहयोग

नेपालमा एकिकृत नमुना सन्तपुर बस्ती निर्माणमा लागिपरेका धुर्मुस–सुन्तलीलाई अष्ट्रेलियाको पर्थबाट ४० हजार डलर (करिब ३२ लाख रुपैयाँ) सहयोग जुटेको छ ।

पश्चिम अष्ट्रेलियाको पर्थमा रहेको वि केयर नेपाल पर्थ अष्ट्रेलिया नामको संस्थाको पहलमा उनीहरुलाई उक्त सहयोग रकम जुटाइएको हो । अहिले अष्ट्रेलियामा रहेको नेपाल आइडलको टोलीको कार्यक्रमबाट १५ हजार डलर र २५ हजार संस्थाबाट आयोजित विभिन्न कार्यक्रमबाट संकलित रकम जम्मा गरेर ४० हजार डलर उनीहरुलाई सहयोग दिइएको हो । ‘धुर्मुस–सुन्तली साँझ विथ नेपाल आइडल टप थ्री’ नाम दिइएको सांगितिक कार्यक्रममा नेपाल आइडलका ३ जनासहित धुर्मस–सुन्तलीले समेत कार्यक्रममा प्रस्तुती दिएका थिए ।

‘हामीले सामाजिक कार्यका लागि भनेर स्थापना गरेको संस्थाबाट उनीहरुलाई सहयोग गर्न पाउदा खुसी लागेको छ,’ वि केयर नेपाल अष्ट्रेलियाका संयोजक उज्जवल केसी कान्तिपुरसँग भने, ‘जसका लागि भनेर नै हामीले यो कार्यक्रमको आयोजना गरेका थियौं ।’

आफ्नो नमुना बस्तीकै लागि रकम संकलन गर्ने कार्यक्रममा सहभागी बन्न धुर्मुस सुन्तली अष्ट्रेलिया आएका थिए । संस्थाका कमल सिलवालले सहयोग रकम संकलनको कार्य अझै जारी रहेकाले सहयोग रकम अझ बढ्ने सक्ने जानकारी दिए ।

प्रकाशित : पुस ४, २०७४ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?