कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चुनाव हारेका 'गुमनाम पूर्वउपप्रधानमन्त्री'

मोरङ — प्रतिनिधिसभा/प्रदेशसभा चुनावमा बहालवाला र पूर्व उपप्रधानमन्त्रीहरु एकपछि अर्को हारे । वामदेव गौतम, नारायणकाजी श्रेष्ठदेखि बहालवाला उपप्रधानमन्त्री कमल थापा, गोपालमान श्रेष्ठले पराजय भोगे । पराजित भएपछि पनि उनीहरु चर्चामा रहे तर पूर्वउपप्रधानमन्त्री बद्रिप्रसाद मण्डलले न त निर्वाचनकै बेला चर्चा पाए न त पराजित भएपछि नै ।

चुनाव हारेका 'गुमनाम पूर्वउपप्रधानमन्त्री'

पञ्चायत, प्रजातन्त्र, माओवादी द्वन्द्व, शाहीकाल र मुलुकमा विद्यमान लोकतान्त्रिक गणतन्त्रको अनुभवका साथ ७६ डाँडा काटिसकेका उनी संभवत: अन्तिम पटकका लागि राजपाबाट मोरङ ५ मा प्रतिनिधिसभा सदस्यको चुनावी मैदानमा आएका थिए । राजनीतिका पोख्द मण्डल मुलुकको राजनीतिक कोर्स देखेर चिन्तित छन् ।

मुलुकमा राजनीति जनताका लागि मनोरञ्जन र नेताका लागि व्यापार भइसकेको उनको बुझाई छ । ‘ब्यापारमा नैतिकताको स्थान हुँदैन,’ ५७ बर्षे राजनीतिक अनुभवले उनी भन्छन्, ‘नैतिकताबिनाको राजनीति टिकाउ हुँदैन । अहिले नेताहरु आफ्ना कार्यकत्र्ता र जनता कसैसँग राजनीतिक सिद्धान्त, पार्टी संगठनको कुरा गर्दैनन् । सबैले जनताका लागि योजना ल्याउने र त्यो मोज गरेर सकाउनेमा लागेका छन् ।’ त्यसैले आफू यो वा त्यो योजना ल्याइदिने झूठा आश्वासनभन्दा सिद्धान्त र बिचारलाई चुनावी एजेण्डा बनाएर चुनाव जितेको उनको वुझाइ छ ।

जहाँ सिद्धान्त हुन्छ त्यहाँ बिचार अगाडी आउँछ, नीति बन्छ, कार्यक्रम बन्छ र नैतिकताका साथ कार्यान्वयन हुन्छ तर त्यो अहिले मुलुकको राजनीतिबाट हराएको अबस्थालाई समय र परिस्थितिले ठीक पार्ने आशाका साथ बाँचुञ्जेल सिद्धान्तको राजनीतिमा लागिरहने भावनाले उम्मेदवारी दिएको उनले बताए । ‘बीपी कोइराला बाचुञ्जेल बिचार र सिद्धान्तको राजनीति हुन थियो । उनीपछि गिरिजाप्रसाद कोइरालाले नेता, कार्यकत्र्ता, जनतालाई जागिर र योजना बाँडेरै सके र अहिले माओवादी केन्द्रका पुष्पकमल दाहाल, ओली, देउवा सबैले त्यही गरेर सकिनेछ,’ उनले भने, ‘उनीहरुले गरेको कर्मकै परिणाम अहिले मुलुकले भोग्दै छ, हत्या, लुट, बलात्कार, असमानता, भ्रष्टाचार, संबिधानप्रतिको असन्तुष्टिलगायत ।’

१९ बर्षको उमेरमा नै २०१९ सालमा मझारे गाउँपञ्चायतमा वडाअध्यक्ष पदमा चुनाव जितेका मण्डलको चुनावी यात्रा ७६ बर्षको वुढेसकालमा पनि विराम लागेको छैन् । १९६३ मा भारतको कटिहारबाट राजनीति शास्त्रमा स्नातक पास गरेका मण्डल कुनै बेला मोरङका मात्र हैन देशकै राजनितिमा लामो समयसम्म छाएका ब्यक्तीत्व हुन् । वडाअध्यक्षदेखि चुनाव लड्न सुरु गरेका मण्डलको यो १४ औं पटकको उम्मेदवारी हो । ‘उमेरले नेटो काटे जस्तो छ,’ मण्डलले भने, ‘यो नै अन्तिम प्रतिस्पर्धा हुन सक्छ ।’ २ पटक मोरङ जिल्ला पञ्चायतको सभापति भइ सकेका २०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ क्षेत्र ७ बाट कांग्रेस नेतृ शैलजा आर्चायसँग पराजित भए । त्यस बेला उनी राप्रपावाट उम्मेदवार बनेका थिए ।

तर २०५६ सालमा फेरि सदभावना पार्टीवाट त्यही क्षेत्रमा उम्मेदवार बनेका मण्डलले शैलजा आर्चायलाई पराजित गरेपछि उनी फेरी चर्चाको शिखरमा पुगेको थियो । त्यस बेला मोरङ क्षेत्र नम्बर १ वाट तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग पनि लडेका थिए । २०७० सालमा राजेन्द्र महतो नेतृत्वको नेपाल सदभावना पार्टीबाट मोरङ क्षेत्र नम्बर ५ मा उम्मेदवार भएका मण्डल यस पटक राष्ट्रिय जनता पार्टीबाट चुनावी मैदानमा आएका थिए । जिवनभरि राजनीति गरेका मण्डलले धेरै निर्वाचन जितेका छन् । २ पटक मोरङ जिल्ला पञ्चायतको सभापति बनेका मण्डल जिल्ला पंचायतको सदस्य हुदै सांसदसम्म बने । संघीय समाजवादी फोरम संग चुनावी तालमेल हुन नसक्दा दुवै दलका लागि वातावरण अनकुल देखिएको थिएन् । चुनावमा उनको चर्चामा पनि विगतको जस्तो सुनीएन् ।

जिल्लामा मधेस राजनीतिको उद्गम स्थल मानिएको मोरङ ५ को चुनावी प्रतिस्पर्धा अन्य क्षेत्रभन्दा पेचिलो थियो । यस क्षेत्रवाट कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याललाई हराउँदै बाम गठबन्धनबाट माओवादी केन्द्रले बहालबाला बिना विभागीय मन्त्री शिव कुमार मण्डल २२ हजार ९ सय २९ मतका साथ विजयी बने । अर्यालले १९१५३ मत पाए भने संघिय समाजवादी फोरमका राजकुमार यादवले १८६४९ मत पाएका भने भने चौथो स्थानमा रहेका बद्रि मण्डलले १८९५ मात्र पाएका छन् ।

प्रकाशित : पुस ४, २०७४ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?