कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बीस लाख लिएर महिला फरार

विद्या राई

भोजपुर — उत्तरी षडानन्द नगरपालिकाको दिङ्लामा एक महिला ठूलो रकम लिएर फरार भएकी छन् । षडानन्द नगरपालिका-८, दिङ्ला, निगुरेकी ३३ वर्षीय लक्ष्मी गुरुङले २० लाख रुपैयाँ लिएर फरार भएकी ईलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ ।

बीस लाख लिएर महिला फरार

उत्तरी षडानन्द नगरपालिकाको दिङ्लामा एक महिला ठूलो रकम लिएर फरार भएकी छन् ।

षडानन्द नगरपालिका-८, दिङ्ला, निगुरेकी ३३ वर्षीय लक्ष्मी गुरुङले २० लाख रुपैयाँ लिएर फरार भएकी ईलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ । चित्रबहादुर गुरुङकी कान्छी पत्नी लक्ष्मीले अलैंची बेचेर कमाएको २० लाख रुपैयाँ कुम्लाएर फरार भएकी हुन् । सोमबार बिहानै घरमा अन्य लत्ताकपडासहित नगद लिएर फरार भएको पति गुरुङले बताए ।
लक्ष्मीले घर छाडेको दिन दिउँसो ४ बजे देउरानी चमेली गुरुङलाई फोन गरेर आफूलाई नखोज् भनेकी थिइन् । पतिले उनको खोजीका लागि प्रहरीमा दिइसकेका छन् । गुरुङ दम्पतीका ११ वर्षीया एक छोरी र ८ वर्षीय एक छोरा छन् । उनीहरु अलैंची व्यापार व्यावसाय गर्दै आएका थिए ।

प्रकाशित : पुस ४, २०७४ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?