निर्वाचन समीक्षा गर्न राप्रपाको नौ सदस्यीय समिति

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को उच्चस्तरीय कार्यसम्पादन समितिको बैठकले निर्वाचनको समीक्षा गरी प्रतिवेदन तयार गर्न अध्यक्ष पशुपतिशम्शेर जबराको संयोजकत्वमा नौ सदस्यीय विश्लेषण तथा समीक्षा समिति गठन गरेको छ ।

निर्वाचन समीक्षा गर्न राप्रपाको नौ सदस्यीय समिति

प्रवक्ता राजेन्द्र गुरुङका अनुसार समितिको सदस्यमा उपाध्यक्षत्रय दीपक बोहरा, केशरबहादुर विष्ट र विक्रम पाण्डे, महामन्त्रीद्वय सुनिलबहादुर थापा र ध्रुवबहादुर प्रधान, नेताहरु नवराज सुवेदी, हरिबहादुर बस्नेत र ठाकुरप्रसाद शर्मा छन् । 

समितिले बुधबारदेखि काम सुरु गरी यही पुस मसान्तभित्र प्रतिवेदन पार्टीलाई बुझाउनेछ । केन्द्रीय कार्यालय चाबहिलमा आज बसेको बैठकमा महामन्त्री प्रधानले निर्वाचनमा पार्टीको अवस्था तथा कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक विषयको प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकले मुलुकमा विकसित भएको राजनीतिक अवस्थाको समीक्षा गरी पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने निर्णय गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गरेकामा सरकारलाई धन्यवाद दिएको प्रवक्ता गुरुङले जानकारी दिए ।

प्रकाशित : पुस ४, २०७४ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?