चौधरीको ज्यान मुद्दाको कागजात पेस गर्न आदेश

काठमाडौं — सर्वोच्च अदालतले कैलालीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित रेशम चौधरीमाथि लागेको अभियोगलगायतका कागजात पेस गर्न आदेश दिएको छ ।

चौधरीको ज्यान मुद्दाको कागजात पेस गर्न आदेश


प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले चौधरीविरुद्ध लागेको ज्यान मुद्दाको कागजात पेस गर्न आदेश दिएको हो । गत वर्ष कैलालीमा ८ जनाको ज्यान जाने गरी भएको घटनामा प्रहरीले चौधरीलगायतलाई प्रतिवादी बनाएको छ । मुद्दा दायर भएपछि फरार रहेका उनी राष्ट्रिय जनता पार्टीको उम्मेदवार बनेर कैलाली १ बाट निर्वाचित भएका हुन् । वारेसमार्फत प्रमाणपत्र लिने उनको प्रयासलाई निर्वाचन अधिकृतले अस्वीकार गरेपछि चौधरीले सर्वोच्च अदालतमा रिट दर्ता गराउने प्रयास गरेका थिए । मुख्य रजिस्ट्रारले रिट दर्ता गर्न अस्वीकार गरेपछि उनले त्यसविरुद्ध निवेदन दिएका हुन् ।
 

प्रकाशित : पुस ४, २०७४ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?