एस्टिङ्गुइसर र भिजेको बोराले निभाइयो ग्यास उद्योगको आगो

भूषण यादव

वीरगन्ज — वीरगन्ज महानगरपालिका-२२ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा लागेको आगो करिब ८ घण्टापछि निभाइएको छ । मध्यान्ह १ बजेतिर सुरक्षाकर्मी र स्थानीयले एस्टिङ्गुइसर (आगो निभाउने उपकरण) र भिजेको बोराको सहायताले आगो निभाएका हुन् ।

एस्टिङ्गुइसर र भिजेको बोराले निभाइयो ग्यास उद्योगको आगो

स्थानीय केनालाल राउतका अनुसार सुरक्षाकर्मी र स्थानीय आगो बल्न कम भएपछि ग्यास लिक भएको पाइपसम्म पुगेका थिए । ग्यास लिक भएको पाइप नजिकै पुगेपछि उनीहरुले एस्टिङ्गुइसर स्प्रे गरेर आगो निभाएका थिए । फेरि त्यसपछि भिजेको बोराले लिक भएको पाइप छोपेर ग्यास लिक नियन्त्रणमा लिएका थिए ।

...

वीरगन्ज महानगरपालिका-२२ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा लागेको आगो करिब नौ घण्टापछि निभेको छ । प्रारम्भिक अनुमानअनुसार बुलेटबाट ग्यास लिक भएर बुधबार बिहान ६ बजेदेखि आगो दिउँसो करिब ३ बजे मात्रै आफै निभेको प्रहरीले जनाएको छ । ग्यास उद्योगमा लागेको आगो निभाउने प्रविधि नभएपछि लामो समयमा आफैं निभ्न पुगेको प्रहरी भनाइ छ ।

भीषण आगलागी नियन्त्रणमा आएपछि अहिले स्थानीय, प्रहरी र उद्योग सञ्चालकहरु उद्योग भित्र प्रवेश गरेर नियाँलिरहेका छन् ।

तर, आगो निभाउन दमकल भने प्रयोग गरिएको थियो । आगो निभाउने क्रममा दुई जनाको ज्यान गएको छ भने चालक अरुणकुमार महतो र फायरम्यान सञ्जीवकुमार नेपाल घाइते भए । उनीहरुलाई उपचारका लागि काठमाडौं पुर्‍याइएको छ । मृतक दुवैको खनाखत भइसकेको छैन ।

पर्साका एसपी गणेश रेग्मीका अनुसार बुलेटबाट ग्यास लिक भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित : पुस ५, २०७४ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?