१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेपाली सेनाका प्रवक्ता शान्ति सेनाको ‘सेक्टर कमाण्डर’मा चुनिए

काठमाडौं — नेपाली सेनाका सहायक रथिले दक्षिण सुडानको सेक्टर कमाण्डको नेतृत्व गर्न पाउने भएका छन् । कूटनीतिक ‘लविङ’ बलियो नहुँदा नेपालबाट उच्च तहमा नेतृत्व गर्ने अवसर न्युन पाएको छ । नेपाली सेनाका प्रवक्तासमेत रहेका सहायक रथि नैनराज दाहालले यो अवसर पाएका हुन ।

नेपाली सेनाका प्रवक्ता शान्ति सेनाको ‘सेक्टर कमाण्डर’मा चुनिए

उपरथिको लाइनमा रहेका उनी अर्को साता त्यसतर्फ जाने तयारीमा छन् । राष्ट्रसंघमा प्रभाव राख्ने सुरक्षा परिषदका स्थायी सदस्य मुलुकहरु नै उच्च पदमा लालयित हुँदा नेपाल जस्ता मुलुक पछाडि पर्ने गरेका छन् ।

सुरक्षा परिषदका स्थायी सदस्यहरु अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स एवं उनीहरुका निकटस्थ (एलाई) मुलुकहरुबाट नै त्यस्तो पदमा जाने गरेको छन् । राष्ट्रसंघ सकारात्मक हुन नसकेको भए पनि सरकार प्रमुख, सेना प्रमुख र उच्च अधिकारीहरुले नेपाललाई सेनाको योगदानको अनुपातमा उच्चतहमा सहभागिता दिनुपर्ने बताउदै आएको छ । अहिले औलामा गन्न सक्ने हैसियतमा नेपाली सेनाका अधिकारीले त्यहाँ अवसर पाएका छन् । विश्व शान्तिमा अधिकतम योगदान दिने मुलुकमा छैटौं रहेको नेपालको यतिबेला फोर्स कमाण्डर समेत छैन । १५ दिनपछि सुडानमा रहेको चार सेक्टर मध्ये एक सेक्टरको नेतृत्व गर्न दाहाल जादैछन् । उक्त चार सेक्टरमा नेपाल, बंगलादेश चीनका गरि १७ हजार सेना तथा अन्य सुरक्षा निकाय छन ।

यसअघि पनि फोर्स कमाण्डर र डेपुटी कामण्डरको अवसर नेपाली सेनाले पाएको थियो । नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको तीन वर्ष पूग्दै गर्दा १२ जुन १९५८ मा लेबनान स्थित युनोगिल मिसनमा पाँच नेपाली सेनाका अधिकृतहरू पर्यवेक्षकको रुपमा उपस्थित भएका थिए । यससँगै विश्व शान्तिमा नेपाली सेनाको प्रवेश भएको थियो । उच्च अधिकारीको तर्फबाट आरम्भ सेवा अहिले उच्च तहमा सहभागिता नहुनु दुखद भन्दै नेपालले सेनाको सहभागिताको अनुपात माग गर्दै आए पनि राष्ट्रसंघ वेखवर झै बसेको छ । यसमा कूटनीतिक लविङ तिब्र हुन नसक्दा नेपाल पछि परेको निश्कर्ष यस क्षेत्रका ब्यक्तिहरुको छ । १ लाख १९ हजार नेपाली सेनाले अहिलेसम्म विश्व शान्तिमा काम गरिसकेका छन् । हालसम्म ४२ वटा शान्ति स्थापना कार्यमा सहभागी भइसकेको नेपाली सेना अहिले पनि १४ शान्ति मिसनमा कार्यरत छ ।

नेपालको दावीलाई धेरै मुलुकले स्वागत गरेको भएपनि राष्ट्रसंघमा प्रभाव राख्ने मुलुकले वेवास्ता गर्दा समस्या आएको हो । सेना एक मुलुकको र कामण्डर अर्को मुलुकको रहनुलाई अन्यथा लिन मिल्दैन तर त्यसमा न्यायसंगत हुनपर्नेमा नेपालले जोड दिएको हो । सरकारले शक्तिशाली मुलुकमा रहेको आफ्नो दूतावास र न्यूयोर्क स्थित नेपाली नियोगमार्फत सवल कूटनीतिक लविङ गर्न पर्ने सुझाव नेपाली सेनाले दिदै आएको छ । नेपालले विश्व शान्ति प्रति प्रतिवद्ध रहेको बताउदै न्यायसंगत उपस्थितीमा सबैको ध्यानकर्षण गर्दै आएको लामो समय भए पनि यसमा सरोकारवालाहरु वेवास्तामा छन । सेनाका प्रवक्ता दाहालले कान्तिपुरसँग भने, ‘प्रतिशपर्दा सँगै नेपालको प्राथमिकतामा पनि ध्यान दिन आवश्यक छ । हाम्रो सहभागिता अत्यन्तै ठूलो भएकाले त्यसलाई मान्यता दिदैं नेपाली सेनाका अधिकारीहरुलाई उच्चपद दिए हामी बढी लाभान्वित हुने छौ । यसमा हाम्रो सबै तर्फबाट उत्तिकै लविङ आवश्यक छ ।’

विश्व शान्तिमा नेपालको सहभागिता नगन्य होइन, अत्यन्तै ठूलो तर नेतृत्व तहमा सुन्य प्राय रहेकाले यसमा नेपालले लविङ गर्नै पर्ने उनले स्पष्ट पारे । नेपालीको सहभागितालाई महत्व दिदैं फोर्स कमान्डर र न्यूयोर्क मुख्यालयमा उच्च पद नेपाली सेनाका अधिकारीहरुले पाउनु पर्नेमा नेपालले पटक पटक जोड दिएको छ । २६ वर्ष अघि इराक र कुवेत मिसनमा फोर्स कमान्डरको पहिलो जिम्वेवारी तत्कालीन उपरथी कृष्णनारायण थापाले सम्हालेका थिए । त्यो स्तरको पदमा नेपाली उच्च अधिकारीको उपस्थिती यतिबेलासम्म आधा दर्जन पनि पुग्न सकेको छैन । पुराना कूटनीतिज्ञहरुका अनुसार राष्ट्रसंघमा बलियो कूटनीतिक लबिङ नगर्ने हो भने माथिल्लो पद सहज छैन ।

आकर्षक पारिश्रमिक र राष्ट्रसंघमा मुलुकको योगदान समेत देखिने हुनाले यसमा सुरक्षा परिषदमा रहेका स्थायी र अस्थायी मुलुकहरुको वर्चश्व रहने गरेको ति अधिकारीहरुले बताए । नेपाली सेनाको योगदान रहेकै कारण सन् १९८८ मा राष्ट्रसंघीय शान्ति सेनाले नोबेल शान्ति पुरस्कार समत प्राप्त गरेको भए पनि पछिल्लो समय नेपाली सेना ओझेलमा परेको छ । पछिल्लो समय राष्ट्रसंघमा नेपाली सेनाको संख्या बृद्धि गर्ने र उच्च तहमा सहभागिता बढाउने बताउदै आए पनि त्यसको कार्यावन्यन देखिएको छैन् ।

प्रकाशित : पुस ५, २०७४ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?