१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३
समाचार

News

मापदण्डविपरीत करोडौं ‘आर्थिक सहायता’ वितरण

सरकारले पहुँचवाला र आफ्ना नेता तथा कार्यकर्तालाई ‘आर्थिक सहायता र औषधी उपचार खर्च’ का नाममा साउनयता मात्र १९ करोड रुपैयाँभन्दा बढी बाँडेको छ ।

मापदण्डविपरीत करोडौं ‘आर्थिक सहायता’ वितरण

राजधानीका अधिकांश पम्प असुरक्षित

दिपायलको पिपल्लावनस्थित जेबी पेट्रोल पम्पमा चैतमा आगलागी हुँदा पम्प, ट्यांकर, नजिकैको होटल र सुनचाँदी पसल पूर्ण रूपमा नष्ट भए । आगलागी इन्धन अनलोड गर्ने क्रममा भएको थियो ।

राजधानीका अधिकांश पम्प असुरक्षित

प्रदेशमा वनले सचिव सिफारिस गर्दै 

वन तथा भूसंरक्षण मन्त्रालयले प्रदेशका वन तथा वातावरण मन्त्रालयको सचिवका लागि वरिष्ठ सहसचिवमध्येबाट सात जनाको नाम सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गर्ने भएको छ । 

प्रदेशमा वनले सचिव सिफारिस गर्दै 

नेपालकै ठूलो फलामखानी पुग्ने बाटो धमाधम बन्दै

नवलपरासीको धौबादीमा रहेको नेपालकै ठूलो फलामखानी पुग्ने बाटो धमाधम बन्दै छ । महेन्द्रराजमार्गको झयाल्बासवाट धौबादी फलाम खानीसम्म पुग्ने १३ किलोमिटर मोटरबाटो निर्माणाधीन अवस्थामा छ ।  

नेपालकै ठूलो फलामखानी पुग्ने बाटो धमाधम बन्दै

ओली, दाहाल र देउवालाई मोदीको फोन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेका छन् ।

ओली, दाहाल र देउवालाई मोदीको फोन

'राजनीतिक 'इन्ट्रेस्ट'मा संविधान र कानुनको व्याख्या'

मा‌‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्वार्थका आधारमा संविधान, ऐन कानुनको व्याख्या भइरहेको भन्दै असन्तोष व्यक्त गरेका छन् ।

'राजनीतिक 'इन्ट्रेस्ट'मा संविधान र कानुनको व्याख्या'

भुक्तानी नहुँदा ७० भन्दा बढी सडकहरु निर्माण कार्य अलपत्र

बेलैमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने डिभिजन सडक कार्यालय यतिखेर आफै ठेकेदारलाई भुक्तानी गर्न नसकेर नाजवाफ छ ।

भुक्तानी नहुँदा ७० भन्दा बढी सडकहरु निर्माण कार्य अलपत्र

प्राविधिक समस्याबाहेक लोडसेडिङ हुँदैन : घिसिङ

नेपाल विद्युत् प्राधिकरणले प्राविधिक समस्याबाहेक कुनै पनि अवस्थामा विद्युत्भार कटौती (लोडसेडिङ) नहुने स्पष्ट पारेको छ । विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा विद्युत्भार कटौती हुने आशयका समाचार सार्वजनिक भएपछि प्राधिकरणले बत्ती ननिभ्ने प्रस्ट पारेको हो । 

प्राविधिक समस्याबाहेक लोडसेडिङ हुँदैन : घिसिङ

कथाकार प्रेमा शाह रहिनन्

नेपाली साहित्यमा यौन मनोविज्ञान र विशेषत फ्राइडियन शिल्पी भित्र्याउने प्रखर कथाकार प्रेमा शाहको ७३ वर्षको उमेरमा अमेरिकाको साल्टलेकस्थित इन्टर माउन्टेन हस्पिटलमा बुधबार अपरान्ह शाहको निधन भएको छ ।

कथाकार प्रेमा शाह रहिनन्

दैनिक ६० पिन्ट रगत चाहिने विपि प्रतिष्ठानमा रगतको अभाव

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र सञ्चालित नेपाल रेडक्रस सोसाइटी सुनसरीको रक्तसञ्चार केन्द्रमा रगत अभाव हुँदा प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीहरु समस्यामा परेका छन् । 

दैनिक ६० पिन्ट रगत चाहिने विपि प्रतिष्ठानमा रगतको अभाव

एकल नेतृत्व नहुन सक्छ : पोखरेल 

एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले पार्टी एकिरणको विशेष अवस्थामा नेतृत्व एकल नहुन सक्ने बताएका छन् । माओवादी केन्द्रसँग एकता प्रक्रिया चाँडै जानकारी दिंदै पोखरेलले भने, ‘दुइ पार्टी एक गर्ने संक्रमणकालीन अवस्था हो । यस्तो विशेष अवस्थामा संयुक्त नेतृत्वमा केही समय पार्टी चल्न सक्छ ।’

एकल नेतृत्व नहुन सक्छ : पोखरेल 

चिसोले रित्तिए हिमाली बस्ती

चिसो बढेपछि हिमाली जिल्ला मुस्ताङका अधिकांश बस्ती रित्तिएका छन् । पर्यटक आउजाउ पातलिएको छ । सदरमुकाम जोमसोमकै ७० प्रतिशत होटल बन्द छन् । स्थानीय बासिन्दा पनि चिसो छल्न अन्यत्र जाँदा जिल्ला सुनसान भएको छ ।

चिसोले रित्तिए हिमाली बस्ती

नयाँ घरमा बाढीपीडित

बाढीले घरबारविहीन हुँदा विराटनगर–१९ खापटोलस्थित सुकुम्बासी बस्तीकी रिना ऋषिदेव चार दिनकी सुत्केरी थिइन् । खुला आकाशमुनि उनले ठूलो कष्टका साथ नवजात शिशु हुर्काइन् ।

नयाँ घरमा बाढीपीडित

१ सय ६२ विद्यालय शान्ति क्षेत्र घोषणा

विद्यालयमा राजनीतिक गतिविधि नगर्ने, बालबालिकालाई दण्ड सजाय नदिने र सशस्त्र गतिविधि नगर्ने प्रतिबद्धतासहित कालीकोटका १ सय ६२ विद्यालयलाई औपचारिक रूपमा शान्ति क्षेत्र घोषणा गरिएको छ ।

१ सय ६२ विद्यालय शान्ति क्षेत्र घोषणा

गाउँको काम सदरमुकामबाटै पूर्वाधार निर्माणमा 

फक्तालुङ गाउँपालिका कार्यालय अझै स्थायी व्यवस्थापन हुन सकेको छैन । कार्यालयमा बैठकबाहेक बाँकी काम हुन सक्दैन ।

गाउँको काम सदरमुकामबाटै पूर्वाधार निर्माणमा 

राजमार्ग आसपास उद्योगः मजदुर र आसपासका बस्ती जोखिममा

राजधानीलगायत मुख्य सहरलाई आफ्नो बजार बनाएका पृथ्वी राजमार्ग आसपासका ग्यास उद्योगले सुरक्षाको न्यूनतम मापदण्ड पनि पूरा गरेका छैनन् ।

राजमार्ग आसपास उद्योगः मजदुर र आसपासका बस्ती जोखिममा

प्रदेश ४ र ६ का सभास्थल टुंगिए

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेश ४ र ६ को सभास्थलदेखि प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरूका कार्यालय र निवास राखिने भवन टुंगो लगाएको छ ।

प्रदेश ४ र ६ का सभास्थल टुंगिए

लन्डनलाई विशेष ग्राहयताको माग अस्वीकार

युरोपियन युनियन (ईयू) का मुख्य वार्ताकार मिसेल बार्नियरले ब्रेक्जिट वार्तामा लन्डनलाई विशेष ग्राहयता दिइनुपर्ने माग अस्वीकार गरेका छन् । बेलायती प्रधानमन्त्री टेरेजा मेले विश्वकै वित्तीय राजधानीका रूपमा स्थापित लन्डनलाई ईयूले विशेष ग्राहयता दिनुपर्ने माग गरेकी थिइन् ।

लन्डनलाई विशेष ग्राहयताको माग अस्वीकार

चिकित्सक लापरबाहीले मृत्यु, पीडितलाई १० लाख क्षतिपूर्ति दिने सहमति

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएपछि रेसुंगा हस्पिटलले पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति गरेको छ । दाँत दुखेर उपचार गर्न मंगलबार अस्पताल पुगेका मालिका गाउँपालिका ६ अर्जैका ५६ वर्षीय शिवलाल अर्यालको राति मृत्यु भएको थियो ।

चिकित्सक लापरबाहीले मृत्यु, पीडितलाई १० लाख क्षतिपूर्ति दिने सहमति

मुटुको भल्भ फेर्न ६ महिने पालो 

बाराकी सविना साहलाई जन्मदै मुटुको समस्या थियो । आर्थिक स्तर कमजोर भएको परिवारमा हुर्किएकी २२ वर्षीया सविनाको खर्च अभावकै कारण मुटुको शल्यक्रिया हुन सकेको थिएन ।

मुटुको भल्भ फेर्न ६ महिने पालो 

रानीपोखरी मिच्दै महानगर

काठमाडौं महानगरले रानीपाखरीमा कंक्रिट मात्रै मिसाइरहेको छैन, पोखरी वरपरको सीमा मिचेर पर्खालसमेत लगाइरहेको छ । पोखरीको पूर्व र दक्षिणतिरको भागमा धमाधम पर्खाल लगाउने काम भएको छ । पोखरी छेउको विन्दुबाट झन्डै १५ फिट परसम्म पर्खाल लगाउने काम भइरहेको छ । 

रानीपोखरी मिच्दै महानगर

लागूऔषधको बिगबिगी

विशेष सूचना पाएपछि लागूऔषध नियन्त्रण ब्युरोका अधिकारीहरू गत सोमबार कलंकी चोकमा बसे । करिब एक घण्टा लामो कुराइपछि उनीहरूले थानकोट हुँदै काठमाडौं भित्रिन लागेको सेतो रंगको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी रोके ।

लागूऔषधको बिगबिगी

कुलो सुकेपछि कोदो र दाल खेती

वर्षायाममा सुक्खा खडेरीका कारण कुलो सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुरका किसानले खेतमा कोदो रोपेका छन् । कोदोसँगै रहरी दालको खेती लगाएका छन् ।

कुलो सुकेपछि कोदो र दाल खेती

कान्तिपुर दैनिकको नयाँ वेबसाइट सुरु

कान्तिपुर दैनिकको नयाँ वेबसाइट कान्तिपुरडेली डट कम बुधबार मध्यरातदेखि सुरु भएको छ । नयाँ वेबसाइटसँगै कान्तिपुर दैनिकको नयाँ एप पनि सार्वजनिक भएको छ । एप एन्ड्रोइड र आईओएस एप स्टोरमा उपलब्ध छ ।

कान्तिपुर दैनिकको नयाँ वेबसाइट सुरु

कांग्रेस युवा नेता भेला-‘नेतृत्वमाथि हस्तक्षेप गर्न युवा अभियान’

कांग्रेसका युवा नेताहरूले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न जोड दिने भएका छन् । चुनावमा पार्टी पराजयको समीक्षा गर्न बुधबार एक पार्टी प्यालेसमा बसेको युवा नेताहरूको बैठकले केन्द्रीय कार्यसमिति हुँदै महाधिवेशन बोलाउनुपर्ने माग गरेको छ ।

कांग्रेस युवा नेता भेला-‘नेतृत्वमाथि हस्तक्षेप गर्न युवा अभियान’