कान्तिपुर दैनिकको नयाँ वेबसाइट सुरु

काठमाडौँ — कान्तिपुर दैनिकको नयाँ वेबसाइट कान्तिपुरडेली डट कम बुधबार मध्यरातदेखि सुरु भएको छ । नयाँ वेबसाइटसँगै कान्तिपुर दैनिकको नयाँ एप पनि सार्वजनिक भएको छ । एप एन्ड्रोइड र आईओएस एप स्टोरमा उपलब्ध छ ।

कान्तिपुर दैनिकको नयाँ वेबसाइट सुरु

नयाँ वेबसाइट र एप कान्तिपुर मिडिया ग्रुपको सूचना प्रविधि अंग कान्तिपुर डिजिटल कर्पले तयार पारेको हो, जो प्रयोगकर्ता र डिभाइसमैत्री रहेको छ । कान्तिपुरको नयाँ वेबसाइटलाई प्रयोगकर्तामुखी र अन्तक्र्रियात्मक बनाइएको छ । प्रयोगकर्ताले वेबसाइटमा आफ्नो प्रोफाइल बनाउन सक्छन् । प्रोफाइल आफ्नो फेसबुकबाट पनि बनाउन सकिन्छ । प्रयोगकर्ताले प्रोफाइलमा आफूलाई मन परेको समाचार, विचार वा टिप्पणी संग्रह गरेर राख्न सक्छन् ।

प्रोफाइलमा संगृहीत समाचारका साथै अपडेट गरिएका नयाँ समाचार र प्रयोगकर्ताको रुचिअनुसारका प्रस्तावित सामग्रीसमेत समावेश हुनेछन् । प्रयोगकर्ताले आफ्नो प्रोफाइलमार्फत लेख, रचना, टिप्पणी, तस्बिर र भिडियो पठाउन सक्छन् । यसका लागि प्रोफाइलमै लेख–रचना खण्ड छ । त्यसमा प्रयोगकर्ताले आफूले लेखेको विचार, फोटो, भिडियो सेभ गरेपछि कान्तिपुरलाई पठाउन मिल्ने सुविधा छ ।

प्रकाशित : पुस ६, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?