कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चुनावपछि घरको अनुदान लिन चाप

काठमाडौँ — प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचन सकिएलगत्तै भूकम्पपीडितहरूले घर पुनर्निर्माणलाई तीव्रता दिएका छन् ।

चुनावपछि घरको अनुदान लिन चाप

निर्माण सुरु भएपछि जिल्ला समन्वय समितिमा अनुदानको किस्ता लिनेको चाप बढेको छ । ‘अनुदान माग्दै दैनिक दुइ सय वटासम्म सिफारिस आउन थालेको छ,’ लेखा अधिकृत दीपेन्द्र अर्यालले भने । दोस्रो र तेस्रो किस्ताका लागि पीडितहरूले इन्जिनियरमार्फत रकम माग गरेका हुन् । घर निर्माण गरिसकेपछि प्राप्त गर्ने तेस्रो किस्ता वापतको एक लाख लिनेको संख्या पनि बढेको छ । ‘चुनावमा सबै व्यस्त भएका कारण अनुदान माग रोकिएको थियो,’ अधिकृत अर्यालले भने, ‘चुनाव सकिएपछि अनुदान माग्नेको संख्या हात्तै बढेको छ ।’

मंसिर मसान्तसम्म ३ हजार १ सय ७६ भूकम्पपीडितले तेस्रो किस्ताको रकम बुझेका छन् । ‘दिनदिनै किस्ता माग गर्दै निवेदन आउने क्रम बढो छ,’ उनले भने, ‘प्रक्रिया पुगेकाहरूको खातामा रकम पठाएका छौं ।’ ११ हजार १४ जनाको खातामा दोस्रो किस्ताको १ लाख ५० हजार जम्मा भइसकेको जिससले जनाएको छ । चालु आर्थिक वर्षमा मात्रै ४ हजार ६ सय ४१ पीडितको खातामा दोस्रो किस्ताको रकम पठाइएको हो । छुट भएका भूकम्पपीडितको गुनासोसहित हालसम्म जिल्लामा ६१ हजार ७१ जना लाभग्राहीको सूचीमा परेका छन् । ती मध्ये २ हजार १९ घरहरूलाई मर्मत सम्भारका लागि प्रबलिकरणको सूचीमा राखिएको छ । ५८ हजार ५ सय ३ लाभग्राहीमा २ हजार ६८ पीडितले गुनासो दर्ता गरेर थप भएका हुन् । पीडितलाई अनुदान दिन १ अर्ब ७३ करोड जिससको खातामा आएको छ । भूकम्प पुनर्निर्माण प्राधिकरण, सहरी विकास तथा भवन डिभिजन कार्यालय र स्थानीय तहले घर निर्माण गरेर अनुदान माग गर्न पीडितहरूलाई आहान गरेका छन् ।

बर्षातमा भन्दा हिउँदमा निर्माण गर्न सजिलो हुने भएकाले ग्रामीण भेगमा धमाधम घर पुनर्निर्माण भइरहेको अजिरकोट गाउँपालिका–५ का रत्न गुरुङले बताए । ‘कच्ची सडक बिग्रेर बर्खामा निर्माण सामग्री ल्याएन नै मुश्किल हुन्छ,’ उनले भने, ‘खेतीपातीको काम सकेर घर बनाउन थाल्नेहरूको संख्या बढो छ ।’ बैंक खातामा अनुदान रकम पाउने पीडितसँगै गाउँमा खटिएका प्राविधिकहरूलाई घर निर्माणको निवेदनको संख्या पनि बढो रहेको इन्जिनियरहरूले बताएका छन् । इन्जिनियरलाई निवेदन दिएपछि उनीहरूकै सिफारिसमा जिससले पीडितको खातामा रकम जम्मा गर्छ ।

प्रकाशित : पुस ६, २०७४ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?