एकल नेतृत्व नहुन सक्छ : पोखरेल 

काठमाडौँ — एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले पार्टी एकिरणको विशेष अवस्थामा नेतृत्व एकल नहुन सक्ने बताएका छन् । माओवादी केन्द्रसँग एकता प्रक्रिया चाँडै जानकारी दिंदै पोखरेलले भने, ‘दुइ पार्टी एक गर्ने संक्रमणकालीन अवस्था हो । यस्तो विशेष अवस्थामा संयुक्त नेतृत्वमा केही समय पार्टी चल्न सक्छ ।’

एकल नेतृत्व नहुन सक्छ : पोखरेल 

नेता पोखरेलले दुई पार्टी एकता र नेतृत्वका विभिन्न मोडलमा छलफल भइरहेको जानकारी दिए । ‘एकता महाधिवेशन नहुँदासम्म संयुक्त नेतृत्वमा पार्टीलाई लैजाने मोडलमा छलफल गरिरहेका छौं,’ उनले कान्तिपुरसित भने ।

एमालेको नीति र योजना निर्माणमा प्रभावशाली भूमिका राख्दै आएका पोखरेलले राष्टिय सभासम्बन्धी अध्यादेशमा कांग्रेसले नचाहिंदो ढिपी गरिरहेकोमा असन्तुष्टी जनाए । निर्वाचन आयोगले महिलालाई ३३ प्रतिशतको सुनिश्चिता गराई प्रतिवेदन राष्ट्पतिसामू बुझाउनुपर्ने उनको सुझाव छ ।


‘कांग्रेसले अध्यादेश फिर्ता लिएर राजनीतिक सहमति जुटाई पुन: पेस गर्न पनि सक्छ, तर त्यो काम चाडै हुनुपर्छ,’ राष्ट्पतिलाई अनावश्यक ढंगले विवादमा ल्याउन खोजेकोमा आपत्ति जनाउँदै पोखरेलले भने ।



प्रकाशित : पुस ६, २०७४ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?