भुक्तानी नहुँदा ७० भन्दा बढी सडकहरु निर्माण कार्य अलपत्र

दोलखा — बेलैमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने डिभिजन सडक कार्यालय यतिखेर आफै ठेकेदारलाई भुक्तानी गर्न नसकेर नाजवाफ छ ।

भुक्तानी नहुँदा ७० भन्दा बढी सडकहरु निर्माण कार्य अलपत्र

काम सम्पन्न भैसकेको ठेक्काहरुको पनि भुक्तानी गर्न नसकेपछि डिभिजन सडक कार्यालय ठेकेदारद्वारा गरिएको आन्दोलनको घेरामा परेको हो । तालाबन्दीदेखि गालीगलौज सहेर बस्नु परेको डिभिजन सडक प्रमुख अशोक तिवारीले बताए । आग्रहपछि तालाबन्द खुले पनि भुक्तानी लिन आउनेहरुको गाली भने खाइरहनु परेको उनको भनाई छ ।


ठेक्का स्वीकृति भएर आधाउधी सम्पन्न भैसकेको कामको बॉकी भुक्तानी अर्थमन्त्रालयले नपठाउ‘दा डिभिजन सडकले ठेकेदारको अवरोधको सामना गर्नुपरेको हो । पर्यटन शीर्षकको करिब ५० वटा र अन्य शहरी तथा ग्रामीण सडक अन्तर्गतको करिब २० वटा सडक आयोजनाको भुक्तानी रोकिंदा कामको प्रगतिमा समेत बाधा परेको डिभिजन सडकको भनाई छ ।


राज्य पुर्नसंरचनापछि जिल्लागत सडक आयोजनाहरुको निकासा स्थानीय तहमा पठाउने नीति छ । उक्त सडकहरुको निकासा पनि स्थानीय तहमै जानुपर्ने हो । तर, ठेक्का भैसकेकाले अर्थमन्त्रालयले डिभिजन सडक कार्यालयमै निकासा पठाउने भनिए पनि अर्थमन्त्रालयले ढिलासुस्ती गरिरहेको छ । कामको प्रगति अनुसार माग गरिएको तीन महिना बित्दा पनि निकासा नहु‘दा मार्का परेको निर्माण व्यवसायीहरु बताउ‘छन् ।


दोलखा र सिन्धुपाल्चोक भित्रका उक्त शीर्षक अन्तर्गत पर्ने सडकहरुको बीचैमा काम रोकिदा उपभोक्तालाई समेत बाधा भैरहेको छ । बीचैमा काम छाडिएकाले सडकहरु भत्काएर अलपत्र छन् । जेनतेन गाडी चल्ने सडक पनि भत्किएकाले अवरुद्ध छन् । जिल्ला समन्वय समिति दोलखाको प्रमुख डबल पाण्डेले चरिकोट—दोलखा साना सहरी सडक—मुढे र मेलुङ जोड्ने क्षेत्रीय पर्यटन सडक पनि निकासा अभावले रोकिएपछि आवागमणमा ठूलो समस्या परेकाले अर्थमन्त्रालयमा डेलिगेन जाने तयारी गरिएको बताए ।


काम नगरेर पहिलापहिला ठेकेदारलाई कारबाही लेख्नुपर्ने कार्यालय अहिले भने आफै ठेकेदारको कार्वाही भोगेर बस्नु परेको डिभिजन प्रमुख अशोक तिवारीले बताए । तत्काल करिब सात करोड भुक्तानी भएमा काम अगाडि बढाउन सकिने उनले बताए ।

प्रकाशित : पुस ६, २०७४ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?