१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपालकै ठूलो फलामखानी पुग्ने बाटो धमाधम बन्दै

नवलपरासी — नवलपरासीको धौबादीमा रहेको नेपालकै ठूलो फलामखानी पुग्ने बाटो धमाधम बन्दै छ । महेन्द्रराजमार्गको झयाल्बासवाट धौबादी फलाम खानीसम्म पुग्ने १३ किलोमिटर मोटरबाटो निर्माणाधीन अवस्थामा छ ।  

नेपालकै ठूलो फलामखानी पुग्ने बाटो धमाधम बन्दै

पहिलो चरणमा ४ किलोमिटर बाटो निर्माणको काम भइरहेको छ । २ महिना अघिबाट काम सुरु गरिएको हुप्सेकोट गाउपालिकाकी अध्यक्ष लक्ष्मी पाण्ेडेले जानकारी दिइन् ।

२ वर्षभित्र काम पूरा गर्ने गरी पहिलो चरणको ठेक्का दिइएको सडक डिभिजन कार्यालय वुटवलले जनाएको छ ।


सडक निर्माण थालेको २ महिनाको अवधिमा करिब ३ किलोमिटर बाटो निर्माण गर्ने काम सकिएको निर्माण ठेक्का लिएका महालक्ष्मी काश्यप जेभी कम्पनीका अर्जुन ढुङ्गेलले जानकारी दिए ।


७ मिटर चौडाई रहने गरि बाटो निर्माण गर्ने सम्झौता भए पनि ठूलो पहाड काट्नुपर्ने ठाउँमा १० मिटर चौडाईको पहाडी भित्ता काटिएको छ । २ महिनामा १० प्रतिशत काम पूरा भएको उनले बताए । आफूले ठेक्कालिएको बाटो खन्ने काम लगभग पूरा हुन लागेको भएपनि साइड वाल लगाउने, तटबन्ध बाँध्ने र खोल्साखोल्सीमा कल्बर्ट राख्ने काम बाँकी रहेको उनले जानकारी दिए ।


३ वर्ष अघिदेखि खानी तथा भुगर्भ विभागका विज्ञहरुको टोलीले धौवादीको पहाडमा करिब १० किलोमिटर खण्डमा फेला परेको फलामखानीको उत्खननका लागि सम्भाव्यता अध्ययन गरेको थियो ।


साविकको धौवादी गाविस र अहिलेको हुप्सेकोट गाउँपालिका ५ पोखरीको १० किलोमिटर क्षेत्रमा फलाम खानी रहेको दुई वर्षअघि पत्ता लागेको हो ।


धौबादीमा कम्तिमा १० करोड टन फलाम खानी रहेको अनुमान गरिएको छ । पूर्वमा धौवादी र पश्चिममा नाम्जाकोट हुँदै दक्षिणमा रुम्से र उत्तरमा नरमको ल्हापेसम्म फलामखानी भेटिएको छ ।


फलाम खानीसम्म पुग्ने पक्की सडक निमार्ण सुरु भएपछि स्थानीयहरु खुशी भएको गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले बताइन् । उनले खानी स्थल वरपर रहेका ७४ घरपरिवारलाई अन्यत्र सुरक्षित स्थलमा स्थानान्तरण गर्न पहल भइरहेको जानकारी दिइन् ।

प्रकाशित : पुस ६, २०७४ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?