१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

देउवाले पार्टीको बैठक नबोलाए हस्ताक्षर अभियान सुरु गर्ने शेखरको भनाई

देवनारायण साह

मोरङ — कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रिय समिति बैठक तत्काल बोलाएर राष्ट्रियसभा गठनको विषयका साथै चुनावी समिक्षा गर्नुपर्ने बताएका छन् ।

देउवाले पार्टीको बैठक नबोलाए हस्ताक्षर अभियान सुरु गर्ने शेखरको भनाई

विराटनगरमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै कोइरालाले राष्ट्रियसभा निर्वाचन अध्यादेश राष्ट्रपतिद्वारा पारित भएपछि मात्रै देउवाले प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्ने बताए । उक्त अध्यादेश पारित नहुँदै राजिनामा दिए अब बन्ने नयाँ सरकारले एकल संक्रमणीय प्रणाली संशोधन गरेर समानुपातिक समावेशी धरापमा पर्ने उनको भनाई थियो ।

‘सभापति देउवाले हप्ता/दश दिनभित्र पार्टीको बैठक नबोलाए हस्ताक्षर अभियान चलाएर बैठक बोलाउन लगाउँछौं,’ उनले भने, ‘बैठकमा चुनावी समिक्षा गरेर पार्टीभित्रका विरोधी तत्वलाई पहचिान गरी राजनीतिक र सामाजिक बहिस्कार गर्नुपर्छ । निर्वाचनपछि कांग्रेस जुन गतीमा जाँदैछ त्यो राष्ट्र हितको लागि पनि राम्रो होइन ।’

कोइरालाले पार्टी बैठकपछि महासमिति भेला आयोजना गरेर केन्द्रिय महाधिवेशन बोलाएर पार्टीको प्रादेशिक संरचना बनाउनुका साथै नगर र वडा समितिलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताए । ‘पार्टीको केन्द्रिय कार्य समितिको पदावधी समाप्त हुनभन्दा एक/डेढ वर्ष अगाडि नै विधानसम्मत प्रक्रियाबाट नेतृत्व परिवर्तन हुनु आवश्यक छ,’ उनले भने, ‘अबको ५ वर्ष कांग्रेस प्रतिपक्षमा बसेर टोलस्तरसम्म संगठन बलियो बनाउनु पर्छ ।’


प्रकाशित : पुस ७, २०७४ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?