२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४
समाचार

News

फुकेन अध्यादेशको ‘गाँठो’

प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश ‘होल्ड’ गरिराखेको प्रति प्रश्न उठाइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूको सहमतिबिना जारी नगर्ने संकेत दिएकी छन् ।

फुकेन अध्यादेशको ‘गाँठो’

कालिकोटमा कर्फ्यु, दुई दर्जन घाइते

म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका नागरिक समाजका अगुवामाथि प्रहरीले बल प्रयोग गरेको छ । 

कालिकोटमा कर्फ्यु, दुई दर्जन घाइते

जहाज नउडेपछि पार्टी एकता संयोजन समितिको बैठक स्थगित

पार्टी एकता, राष्ट्रियसभाको सन्दर्भमा देखिएको विवाद र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका लागि शनिबार बस्ने भनिएको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को बैठक स्थगित भएको छ । 

जहाज नउडेपछि पार्टी एकता संयोजन समितिको बैठक स्थगित

म्यादी प्रहरी मृत्युको घटना छानबिन गर्न गृहले बनायो समिति 

गृहमन्त्रायले कालिकोटमा प्रहरीको गोली लागी म्यादी प्रहरीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति बनाएको छ ।

म्यादी प्रहरी मृत्युको घटना छानबिन गर्न गृहले बनायो समिति 

ग्यास उद्योगको मनपरी, फर्जी कागजपत्रका आधारमा उद्योग स्थापना

प्रचलित मापदण्ड मिचेर फर्जी कागजपत्रका आधारमा बनेपा १ (साविक टुकुचानाला ३) मा उग्रचण्डी ग्यास उद्योग स्थापना गरिएको छ ।

ग्यास उद्योगको मनपरी, फर्जी कागजपत्रका आधारमा उद्योग स्थापना

आगलागीबाट फर्निचर उद्योगसहित २ घर जले

शनिबार दिउँसो विद्युत सर्ट भई आगलागी हुँदा रघुगंगा गाउँपालिका, १ तिप्ल्याङ्गमा एक फर्निचार उद्योग सहित दुई घर जलेर नष्ट भएको छ । आगो २ घन्टामा नियन्त्रणमा आएको थियो

आगलागीबाट फर्निचर उद्योगसहित २ घर जले

खाल्डो पुर्नमै व्यस्त पोखरा महानगरपालिका

मुलुककै ठूलो महानगर पोखरा–लेखनाथले जनप्रतिनिधिको नेतृत्व पाएको सात महिना सडकका खाल्डाखुल्डी पुर्नमै बिताएको छ । सडक मर्मत, कल्भर्ट, स्ल्याब, ह्युमपाइप र तारजाली लगाउनमै स्रोत र जनशक्ति बढी परिचालन भएको छ । 

खाल्डो पुर्नमै व्यस्त पोखरा महानगरपालिका

फुङलिङ नगरपालिकाका मेयर पार्टीबाट निष्कासित

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै नेकपा एमालेले फुङलिङ नगरपालिकाका मेयर छत्रपती प्याकुरेललाई पार्टीबाट निष्कासन गरेको छ । निर्वाचनपछि शनिबार बसेको जिल्ला कमिटीको पहिलो बैठकले प्याकुरेललाई निष्कासन र दुई जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

फुङलिङ नगरपालिकाका मेयर पार्टीबाट निष्कासित

एमाले र माओवादी एकतामा ढिलाइ गरे भड्किन्छ : शाही

काठमाडौं । बिनाविभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले ६ महिनाभित्र एमाले र माओवादी केन्द्रबीच एकता नभए यो प्रक्रिया भड्किन सक्ने बताएका छन् । दुई पार्टीबीचको गठबन्धन र एकता प्रक्रियालाई भाँड्ने षड्यन्त्र देशभित्र र बाहिरबाट भइरहेको आरोप लगाउँदै उनले ढिला भएमा एकता नहुने दाबी गरे । 

एमाले र माओवादी एकतामा ढिलाइ गरे भड्किन्छ : शाही

किशुनजीलाई सम्झिंदै ओलीले भने,‘जीवन रहेसम्म इमानका साथ काम गर्छु’

एमाले अध्यक्ष केपी शर्मा ओलीले सीमित रहे पनि आफ्नो आयुको चिन्ता कहिल्यै नलिने बताएका छन् ।

किशुनजीलाई सम्झिंदै ओलीले भने,‘जीवन रहेसम्म इमानका साथ काम गर्छु’

अब आर्थिक समृद्धिको बेला : दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तीनै तहको निर्वाचनपछि अब मुलुकलाई आर्थिक समृद्धितिर लैजाने बेला भएको धारणा राखेका छन् । 

अब आर्थिक समृद्धिको बेला : दाहाल

म्यादी प्रहरी मृत्यु घटनाको छानबिन हुनुपर्छ : बिनाविभागीयमन्त्री शाही

बिनाविभागीयमन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गतेका दिन कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद् मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

म्यादी प्रहरी मृत्यु घटनाको छानबिन हुनुपर्छ : बिनाविभागीयमन्त्री शाही

दाङ छुट्टै प्रदेश बनाएर पनि राजधानी बन्न सक्छ : महरा

उपप्रधानमन्त्री एवं माओवादी नेता कृष्णबहादुर महराले दाङ छुट्टै प्रदेश भएर पनि राजधानी बन्नसक्ने बताएका छन् । उनले यही संरचनामा नै दाङलाई ५ नं. प्रदेशको राजधानी बनाउने पहिलो प्राथमिकता भएको र त्यसो हुननसके छुट्टै प्रदेश बनाएर पनि राजधानी बन्नसक्ने सम्भावना रहेको बताए ।

दाङ छुट्टै प्रदेश बनाएर पनि राजधानी बन्न सक्छ : महरा

मलेसियाबाट काठमाडौं उडेको जहाज ढाकामा 

मलेसियाको क्वालालम्पुर विमानस्थलबाट काठमाडौंका लागि उडेको मालिण्डो एअरको जहाज मौसम खरावी एवं प्राविधिक समस्याका कारण बंगलादेशको ढाकामा अवतरण गरेको छ ।

मलेसियाबाट काठमाडौं उडेको जहाज ढाकामा 

के गर्दै छन् महानगरका मेयर ?

बालाजु हाइटका हरिशरण बिष्ट जग्गा प्लानिङ गर्ने व्यक्तिले सार्वजनिक जग्गा मिचेको गुनासो लिएर बिहीबार काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई भेट्न महानगरपालिका मुख्यालयमा दिनभर कुरे । मेयरका सचिवालयका कर्मचारीले उनलाई प्रतीक्षा कक्षमा राखे ।

के गर्दै छन् महानगरका मेयर ?

किस्टका कर्मचारी आन्दोलनमा

किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ग्वार्कोमा कार्यरत नर्सलगायत कर्मचारीले कलेज व्यवस्थापनले माग सुनुवाइ नगरेको भन्दै आन्दोलन थालेका छन् ।

किस्टका कर्मचारी आन्दोलनमा

दमकल भवन पुनर्निर्माण अन्योल

जिल्लाको एक मात्र जुद्ध वारुण यन्त्र (दमकल) को कार्यालय भूकम्पले क्षतिग्रस्त छ । क्षतिग्रस्त भवनबाटै करिब ३२ महिनायता कार्यालय सञ्चालन हुँदै आएको छ । २००१ सालमा कार्यालय स्थापना भएको हो । स्थापनाकालदेखि भोगचलन गर्दै आएको भए पनि जग्गा आफ्नो नाममा नहुँदा क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा छ ।

दमकल भवन पुनर्निर्माण अन्योल

मापदण्डविपरीत कफी सप

रानीपोखरीमा कंक्रिट हालेर काम थालेपछि त्यसलाई रोक्न माग राख्दै सम्पदाप्रेमी महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई भेट्न गए । शाक्यले सजिलै भेट दिएनन् । कहिले महानगर आउनू भने । कहिले राष्ट्रिय सभागृहमा बोलाए । सभागृहमा पनि घण्टौं कुराएपछि आज समय छैन, भोलि आउनुस् भने । सम्पदाप्रेमीले ठूलै कसरत गरेर मेयर शाक्यलाई भेटे । शाक्यले गुनासा सुने । अनि जवाफ दिए– ‘मैंले सबै प्राविधिक कुरा बुझेको छैन । पुरातात्त्विक मापदण्ड मिचिएको रहेछ भने रोक्छु । तर यहाँ कफी सप चाहिँ बनाएरै छाड्छु ।’

मापदण्डविपरीत कफी सप

भारतमा नेपाली अधिकारकर्मी पक्राउ

बैंककस्थित एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत एक नेपालीलाई भारतीय प्रहरीले भारतको तामिलनाडुस्थित त्रिची विमानस्थलबाट पक्राउ गरी १८ घण्टा नियन्त्रणमा राखेर बैंकक फर्काएको छ ।

भारतमा नेपाली अधिकारकर्मी पक्राउ

बन्दै अशक्तका घर

अशक्त पुण्यप्रसाद प्याकुरेल र ज्ञानबहादुर माझीको घर निर्माण गर्ने सपना केही महिनाभित्र पूरा हुँदैछ । मजदुरी गरेर जीविका चलाउने ३८ वर्षीय प्याकुरेल सवारी दुर्घटनामा परी मेरुदण्ड भाँचिएपछि अशक्त छन् ।

बन्दै अशक्तका घर

निर्वाचन विवाद सर्वोच्चमा

धनुषा ३ मा माओवादी केन्द्रका रामसिंह यादव, तनहुँमा कांग्रेसका प्रदीप पौडेल र संखुवासभामा कांग्रेसकै दीपक खड्काले निर्वाचन बदर माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

निर्वाचन विवाद सर्वोच्चमा

कहिले बन्छ अरुणमा पुल ?

सदरमुकाम खाँदबारी र भोजपुरको षडानन्द नगरपालिका जोड्ने अरुण नदीमा निर्माणाधीन पक्की पुल लामो समयदेखि अलपत्र बनेको छ । विभिन्न कारण देखाउँदै तीन वर्षअघि बीचमै काम छाडेर ठेकेदार हिँडेपछि पुल बेवारिसेजस्तै बनेको हो ।

कहिले बन्छ अरुणमा पुल ?

निमावि सकेपछि मजदुरी

कक्षा ७ पछि तमानखोला ६, नर्जाखानीकी मीना सिर्पालीको अगाडिको पढाइ बन्द भएको छ । उनी बाबुआमासँगै मेलापात र ज्याला मजदुरीमा हिँड्न थालेकी छन् ।

निमावि सकेपछि मजदुरी

पैतृक सम्पत्तिमा संयुक्त पुर्जा

आठबिसकोट नगरपालिका ११ की विमला कामी अहिले फुरुङ छिन् । घरपरिवार र पतिको विश्वासमै रहेकी विमला असार २२ गतेयता असाध्य खुसी देखिन्छिन् । पतिको नाममा रहेको पैतृक सम्पत्तिमा अब उनको पनि समान हक भएको छ । त्यसअघि कुरामा मात्रै समान हक भए पनि अब वास्तविक हक पाएकी छन् । असार २२ गतेपछि विमला र उनका पति लालवीरको पैतृक सम्पत्तिमा समान हक स्थापना भएको छ ।

पैतृक सम्पत्तिमा संयुक्त पुर्जा

बालविवाहविरुद्ध जागे किशोरकिशोरी

वीरेन्द्रनगर १ मसुरीटोलकी सजना सुनारले पोहोर साल भाइ (काकाको छोरा) को हुनै लागेको विवाह रोकिन् । बालविवाहविरुद्ध स्वत:स्र्फूत अभियानको नेतृत्व गरिरहेकी उनको यस कदमबाट अभिभावकले चित्त दुखाए । काका र भाइसँग उनको अझै बोलचाल छैन । उनले आफ्नै पहलमा गाउँका ५ जोडीको विवाह रोकेको बताइन् । ‘तथ्यांक हेर्ने हो भने हाम्रो जिल्ला बालविवाह सबैभन्दा बढी हुनेमा पर्दोरहेछ,’ उनले भनिन्, ‘तथ्यांक सुन्दा लाज लाग्यो । कोही न कसैले अगुवाइ नगरे बालविवाह रोकिने देखिएन । जोखिम मोलेरै म लागेँ ।’

बालविवाहविरुद्ध जागे किशोरकिशोरी

द्वन्द्वपीडितले पाएनन् राहत

सशस्त्र द्वन्द्वका बेला विस्थापित भएकाले अझसम्म राहत पाउन सकेका छैनन् । पीडितले पटकपटक माग गर्दै आए पनि शान्ति मन्त्रालयले निकासा गर्न आलटाल गर्दा ढिला भएको हो । गत आवमा निकासा भएको रकम स्थानीय प्रशासनको लापरबाहीले फिर्ता हुँदा हालसम्म आउन सकेको छैन ।

द्वन्द्वपीडितले पाएनन् राहत

गाउँभर भुवा नाचको रौनक

ससाना नानीदेखि बयोवृद्धसम्मलाई नचाउने सुदूरपश्चिमकै प्रसिद्ध भुवा पर्वको रौनकले जिल्लालाई छपक्कै छोपेको छ । बाजागाजासहित नाचिने भुवा नाच्ने र हेर्नेको घुइँचोले गाउँको रौनक बेग्लै बनाएको हो ।

गाउँभर भुवा नाचको रौनक