कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

निर्वाचन विवाद सर्वोच्चमा

काठमाडौँ — धनुषा ३ मा माओवादी केन्द्रका रामसिंह यादव, तनहुँमा कांग्रेसका प्रदीप पौडेल र संखुवासभामा कांग्रेसकै दीपक खड्काले निर्वाचन बदर माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

निर्वाचन विवाद सर्वोच्चमा

प्रतिनिधिसभा निर्वाचन र नतिजा घोषणाबाट असन्तुष्ट उम्मेदवारहरू सर्वोच्च अदालत जाने क्रम बढेको छ । यस्ता निवेदनको सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई छलफलमा झिकाएको छ ।


राजपाका नेता राजेन्द्र महतो विजयी भएको धनुषा ३ को विवादमा सर्वोच्चको संवैधानिक इजलासले निर्वाचन आयोग र रिट निवेदकलाई छलफलमा डाकेको छ । उक्त क्षेत्रमा पराजित माओवादी केन्द्रका उम्मेदवार रामसिंह यादवले रिट दर्ता गराएका हुन् । यादवले तेस्रो स्थान ल्याएको धनुषा ३ मा कांग्रेस उम्मेदवार विमलेन्द्र निधि निकटतम प्रतिद्वन्द्वी हुन् । सर्वोच्चले अन्तरिम आदेशको छलफलमा दुवै पक्षलाई बोलाएको छ ।


रिटमा यादवले मौन अवधिमा स्थानीय टेलिभिजन र अनलाइनले वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रामसिंह यादवले राजपाका उम्मेदवार राजेन्द्र महतोलाई समर्थन गरेको भन्ने झूटो समाचार प्रवाह गरेकाले आफू पराजित भएको दाबी गर्दै निर्वाचन बदरको माग गरेका छन् । तनहुँको निर्वाचनमा पनि मतगणनामा धाँधली भएको भन्दै परेको रिटमा सर्वोच्चले दुवै पक्षलाई झिकाएको छ । कांग्रेस उम्मेदवार प्रदिप पौडेलले दायर गरेको रिटमा मतगणनामा धाँधली भएको भन्दै निर्वाचन आयोग लगायतलाई विपक्षी बनाएका छन् ।


संखुवासभाको मतगणना विवाद पनि सर्वोच्चको संवैधानिक इजलास पुगेको छ । कांग्रेस उम्मेदवार दीपक खडकाले मतगणनामा स्वच्छता नभएको भन्दै रिट दर्ता गराएका थिए । संवैधानिक इजलासले ७ दिनभित्र लिखित जवाफ पेस गर्न र अन्तरिम छलफलमा उपस्थित आदेश दिएको छ । साथै, निर्वाचनमा प्रयोग भएका सबै मुचुल्का, मतपत्रलगायत कागजात झिकाउनसमेत आदेश दिइएको छ ।


प्रकाशित : पुस ८, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?