३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दाङ छुट्टै प्रदेश बनाएर पनि राजधानी बन्न सक्छ : महरा

दाङ — उपप्रधानमन्त्री एवं माओवादी नेता कृष्णबहादुर महराले दाङ छुट्टै प्रदेश भएर पनि राजधानी बन्नसक्ने बताएका छन् । उनले यही संरचनामा नै दाङलाई ५ नं. प्रदेशको राजधानी बनाउने पहिलो प्राथमिकता भएको र त्यसो हुननसके छुट्टै प्रदेश बनाएर पनि राजधानी बन्नसक्ने सम्भावना रहेको बताए ।

दाङ छुट्टै प्रदेश बनाएर पनि राजधानी बन्न सक्छ : महरा

उपप्रधानमन्त्री एवं माओवादी नेता कृष्णबहादुर महराले दाङ छुट्टै प्रदेश भएर पनि राजधानी बन्नसक्ने बताएका छन् । शनिबार विहान घोराहीमा पत्रकारहरुसँग कुरा गर्दै महराले यही संरचनामा नै दाङलाई ५ नं. प्रदेशको राजधानी बनाउने पहिलो प्राथमिकता भएको र त्यसो हुननसके छुट्टै प्रदेश बनाएर पनि राजधानी बन्नसक्ने सम्भावना रहेको बताए ।


अहिलेको संरचनाबाट नभए रुकुम, रोल्पा, प्यूठान, दाङ, बाँके र बर्दियाको छुट्टै प्रदेश बनाएर दाङलाई राजधानी बनाउन सकिने धारणा महराले व्यक्त गरेका छन् । ‘मतदातासँगको भेटघाटका क्रममा अहिले दाङ राजधानी नभए छुट्टै प्रदेशमार्फत बन्नसक्ने सुझाव आएपछि मैले पनि त्यसबारे सोच्नथालेको छु,’ उनले भने,‘अहिले त यही अबस्थामा नै ५ नं. प्रदेशकै राजधानी बनाउन पहल हुन्छ । कुनै कारणबश नभए पछि छुट्टै प्रदेशको विकल्पमा पनि जान सकिन्छ ।’


जसरी पनि दाङलाई प्रदेश राजधानी बनाउने सवालमा यस्तो विकल्पबारे बहस गर्नसकिने विचार उनले व्यक्त गरे । ‘दाङलाई जसरी पनि प्रदेश राजधानी बनाउने हाम्रो चाहना छ । सकभर अहिलेकै संरचनामा हुन्छ नभए अर्को प्रदेशमार्फत पनि बनाउन सकिन्छ,’ उनले भने,‘दाङको सम्भावनालाई मर्न नदिन मतदाताको चाहना अनुसार अर्को प्रदेशको बहसमा जान सकिन्छ ।’


प्रकाशित : पुस ८, २०७४ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?