१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

फुङलिङ नगरपालिकाका मेयर पार्टीबाट निष्कासित

आनन्द गौतम

ताप्लेजुङ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै नेकपा एमालेले फुङलिङ नगरपालिकाका मेयर छत्रपती प्याकुरेललाई पार्टीबाट निष्कासन गरेको छ । निर्वाचनपछि शनिबार बसेको जिल्ला कमिटीको पहिलो बैठकले प्याकुरेललाई निष्कासन र दुई जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

फुङलिङ नगरपालिकाका मेयर पार्टीबाट निष्कासित

पूर्वसांसद भूपेन्द्र थेवे र पत्नी उर्मिला थेवेलाई भने स्पष्टिकरण सोध्ने निर्णय भएको एक पदाधिकारीले बताए । तीनैजना जिल्ला कमिटी सदस्य हुन् । बैठकमा उनीहरुको उपस्थिति नरहेको एक सदस्यले बताए । थेवेद्वय काठमाडौंमा छनन् ।

प्रतिनिधिसभामा एमाले उम्मेदवार योगेश भट्टराईले निकतम प्रतिष्पर्धी कांग्रेसका केशवप्रसाद दाहाललाई १२ हजार ५ सय ९१ मतान्तरले पराजित गरेका थिए । भट्टराईले २९ हजार ४ सय ७९ र दाहालले १६ हजार ८ सय ८८ मत पाएका थिए ।

प्रकाशित : पुस ८, २०७४ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?